काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेश र प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकोमा प्रमुख तीन दलका शीर्ष नेतालाई टेलिफोन गरेर बधाइ दिएका छन्।
निर्वाचन सम्पन्न भएको दुई सातापछि मोदीले टेलिफोन गरेर प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई बधाइ दिएका हुन्।
प्रमुख दलका शीर्ष नेताको नीजि सचिवालयले बिहीबार साँझ भारतीय प्रधानमन्त्रीले फोन गरेर निर्वाचन सम्पन्न गरेकोमा बधाइ दिएको बताएका छन्।
नेपाल लाइभसँग कुरा गदैैै माओवादी केन्द्रका अध्यक्ष दाहालका प्रेस सहयोगी मनहरि तिमिल्सिनाले भारतीय प्रधानमन्त्री मोदीले फोन गरेर निर्वाचनमा विजयी हासिल गरेकोमा बधाइ दिएको जनाए।
निर्वाचन सम्पन्न भए लगत्तै भारतीय विदेश मन्त्रालयले नयाँ सरकारसँग मिलेर काम गर्न चाहेको प्रतिक्रिया दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।