अल्जेरिया– अल्जेरियाको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री अब्देलमालेक सेल्लाललाई पक्राउ गर्न आदेश दिएको छ। उनी अहिले प्रहरी नियन्त्रणमा छन्।
भ्रष्टाचारको अभियोगमा उनलाई पक्राउ गर्न बिहीबार आदेश दिइएको देशको राज्यद्वारा सञ्चालित इएन टेलिभिजनले जनाएको छ।
उनलाई पद र शक्तिको दुरुपयोग गरेको, सार्वजनिक कोषको रकम खर्च गरेको, व्यापारीहरुसँग फाइदा लिएको लगायतका अभियोग लगाइएको छ।
भ्रष्टाचारको अभियोगमा पक्राउ पर्नेमा उनी दोस्रो शीर्ष नेता हुन्। यसअघि अर्का पूर्व प्रधानमन्त्री अहमद औयाहियालाई पनि भ्रष्टाचार गरेको अभियोगमा पक्राउ गरिएको थियो।
अल्जेरियामा पछिल्लो समयमा भ्रष्टाचार विरोधी अभियान सशक्तरूपमा अगाडि बढेको र अभियानकै प्रभाव स्वरूप विशिष्ट व्यक्तिहरूलाई पनि पक्राउ गरिएको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।