नयाँदिल्ली (एजेन्सी)– भारतको सबैभन्दा ठूलो भ्रष्टाचार मानिएको ‘२जी– स्पेक्ट्रम’को मुद्दामा सबै आरोपीले सफाइ पाएका छन्।
पटियाला हाउस कोर्टको सिबिआई विशेष अदालतले पूर्व सञ्चार मन्त्री ए राजा र डिएमके राज्यसभा सांसद तथा तमिलनाडुका पूर्व मुख्यमन्त्री एम करुणानिधिकी छोरी कनिमोईसमेत १७ आरोपीलाई सफाइ दिने फैसला गरेको छ।
अदालतको निर्णय सुन्ने बित्तिकै आरोपी कनिमोई रुन थालेकी थिइन्। फैसला आएपछि भारतीय कांग्रेसका नेता कपिल सिम्बलले आफ्नो पार्टीमाथि सत्तारुढ भारतीय जनता दल (बिजेपी) ले लगाउँदै आएको आरोप संसदमा उठाउने जानकारी दिए।
पूर्व वित्त मन्त्री पि चिदम्बरमले पनि भारतीय कांग्रेससहितको गठबन्धन सरकार युपिए–२ माथि लाग्दै आएको आरोप झुटो सावित भएको बताए।
अदालतको फैसलापछि डिएमके समर्थकले पटियाला हाउस अगाडि ‘सत्यको जित हुन्छ’ भन्ने नारा लेखेको ब्यानर प्रदर्शन गरेका थिए।
२जी– स्पेक्ट्रम काण्डमा सरकारलाई ३० हजार ९ सय ८४ करोड घाटा लगाएको भन्दै तत्कालीन सञ्चार मन्त्रीलगायत १७ जना विरुद्ध सन् २०११ मा मुद्दा दायर भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।