काठमाडौँ- नवगठित समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संशोधन तत्काल नगरे सरकारबाट बाहिरिने चेतावनी दिएका छन्।
उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री समेत रहनु भएका यादवले संविधान संशोधन गर्ने सर्तमा आफूहरु सरकारमा सहभागी भएको उल्लेख गर्दै अब पनि संशोधन नभए बाहिरिने चेतावनी दिएका हुन्।
बिहीबार अपरान्ह दल दर्ताका लागि कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालय पुग्नु भएका यादवले संविधानमा रहेका त्रुटि, कमी कमजोरी र कतिपय उल्टापाल्टालाई पनि सच्याउन संविधान संशोधन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे।
अध्यक्ष यादवले भने, 'संविधान संशोधन गर्ने आश्वासन दिएकाले सरकारबाट बाहिरिने काम अहिलेसम्म नभएको हो।'
तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रसँग संविधान संशोधन गर्ने लिखित सहमतिपछि यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपाल सरकारमा सहभागी भएको थियो।
सोही सहमति कार्यान्वयन गरेर अघि बढदा देश र जनताको हित हुने अध्यक्ष यादवको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।