• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्रीले गोर्खा सैनिकका मुद्दा उठाएकै हुन्? बेलायतले स्वीकार गरेन

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३०, २०७६  १६:३७
1140x725

काठमाडौँ- साताव्यापी युरोप भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले ३ दिने बेलायत बसाईका क्रममा समकक्षी थेरेसा मे र राजकुमार ह्यारीसँग भेट गरे। 

प्रधानमन्त्री मेलाई ओलीले मंगलबार अपराह्न बेलायती प्रधानमन्त्रीको कार्यालय टेन डाउनिङ स्ट्रिटमा र राजकुमार ह्यारीलाई केन्सिङ्टन प्यालेसमा पत्नी राधिका शाक्यसहित गएर भेटेका थिए। 

मेसँग ओलीले करिब आधा घन्टाजति द्विपक्षीय भेटवार्ता गरे।

उक्त भेटका क्रममा क्रममा ओलीले गोर्खा सैनिक भर्ती सम्बन्धी नेपाल, भारत र बेलायतबीच सन् १९४७ मा भएको त्रिपक्षीय सम्झौता पुनरवलोकन गर्ने सम्बन्धमा कुरा उठाएको नेपाली पक्षले बतायो। 

यसबारे सबैभन्दा पहिले प्रधानमन्त्री ओलीका प्रेस सल्लाकार कुन्दन अर्यालले ट्वीट गरे।

त्रिपक्षीय सम्झौतायता परिस्थिति निकै बदलिइसकेकाले त्यसको पुनरवलोकन गर्नुपर्ने प्रधानमन्त्री ओलीले राखेको उनले ट्विट उल्लेख गरेका छन्। 

भेटपछि लन्डनमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि प्रधानमन्त्री ओलीले समकक्षी मेसँग सन् १९४७ मा गोर्खा सैनिक भर्ना सम्बन्धी भएको त्रिपक्षीय सन्धी पुनरवलोकनको कुरा उठाएको बताएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

ज्ञवालीले नेपालले त्यो कुरा राखेपछि बेलायती प्रधानमन्त्री मेले आफूहरुले त्यसलाई ‘नोटमा लिएको’ बताएको जानकारी दिएका थिए।

नेपाली पक्षले प्रधानमन्त्री मेसँग त्रिपक्षीय सन्धी पुनरवलोकनका कुरा उठाएको भनिरहे पनि बेलायत भने यसमा मौन छ। 

प्रधानमन्त्री ओलीसँगको द्विपक्षीय भेटपछि बेलायती प्रधानमन्त्री मेको सरकारी कार्यालय डाउनिङ स्ट्रिटका प्रवक्ताले जारी गरेको वक्तव्यमा भने बेलायत मौन छ। 

Xtrem

Xtrem

प्रधानमन्त्री ओलीसँग भएको भेटबारे ५ बुँदामा जानकारी दिइएको छ। त्यसको दोस्रो बुँदामा गोर्खा सैनिकबारे उल्लेख छ। त्यसमा प्रधानमन्त्री मेले गोर्खा सैनिकको भूमिकाबारे कुरा गर्दै यसमा जोड दिएको भनिएको छ। तर ओलीले सन्धी पुनरवलोकनका लागि कुरा उठाएको बारे भने केही पनि उल्लेख गरिएको छैन। 

‘दुई देशबीचको सम्बन्धको शक्तिलाई स्वागत गर्दै र औपचारिक सम्बन्ध २ सय वर्ष पुगेको कुरालाई ‘नोट’ गर्दै दुई नेताबीच कुराकानीको सुरुवात भयो,’ वक्तव्यमा भनिएको छ, ‘प्रधानमन्त्रीले बेलायती सेनामा सम्मान र छुट्टै पहिचानसहित सेवा गरिरहेका गोर्खा सैनिकको महत्वपूर्ण भूमिकामा जोड दिनुभयो।’

बेलायती प्रधानमन्त्रीका प्रवक्ताले जारी गरेको विज्ञप्ति:

-प्रधानमन्त्रीले नेपाली प्रधानमन्त्री केपी ओलीले डाउनिङ स्ट्रिटमा स्वागत गर्नुभयो। 

-दुई देशबीचको सम्बन्धको शक्तिलाई स्वागत गर्दै  र औपचारिक सम्बन्ध २ सय वर्ष पुगेको कुरालाई ‘नोट’ गर्दै दुई नेताबीच कुराकानीको सुरुवात भयो। प्रधानमन्त्रीले बेलायती सेनामा सम्मान र छुट्टै पहिचानसहित सेवा गरिरहेका गोर्खा सैनिकको महत्वपूर्ण भूमिकामा जोड दिनुभयो।

-प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विकास विभागले विशेष गरि शिक्षा र स्वास्थ्य क्षेत्रमा गरिरहेको सहयोगका लागि प्रधानमन्त्री मेलाई धन्यवाद दिनुभयो। सन् २०१५ को भूकम्पमा बेलायतको सहयोगप्रति पनि उहाँले आभार प्रकट गर्नुभयो।

-आर्थिक सहकार्यलाई बढोत्तरी दिने अवसरमाथि छलफल गर्दै दुवै नेता दोहोर कर सम्झौतालाई अपौचारिकता दिन सहमत हुनुभयो। सन् २०२० को नेपाल भ्रमणका अवसरमा बेलायतको नेपालमा लगानी र पर्यटक बढ्नेमा आसावादी हुनुभयो।

-दुवै नेताले मानव अधिकारप्रतिको प्रतिबद्धता र संयुक्त राष्ट्रसंघीय मानव अधिकार परिषद्को महत्पूर्ण कामप्रति छलफल गर्नुभयो। प्रधानमन्त्री मेले सन् २०३० सम्म आधुनिक दासत्व हटाउने धारणा राख्नुभयो भने प्रधानमन्त्री ओलीले मानव बेचविखन रोकथाम गर्न  ‘पलेर्मो प्रोटोकल’लाई अनुमोदन गर्ने आफ्नो आकांक्षा दोहोर्‍याउनुभयो। 

त्रिपक्षीय सन्धि पुनरवलोकनबारे प्रधानमन्त्रीले कुरा उठाएको दाबी नेपाली पक्षले दावी गरे पनि बेलायती प्रधानमन्त्री मेले भने आफ्नो वक्तव्यमा उल्लेख नगर्नुले ओलीले त्यो कुरा राखे/नराखेकोमा भने सन्देह उत्पन्न भएको छ। 

नेपाली पक्षको भनाइ अनुसारै प्रधानमन्त्रीले सन्धि पुनरालोकनको कुरा उठाएको मान्ने हो भने बेलायत यसमा खासै सकरात्मक नभएको बुझ्न सकिन्छ। 

समकक्षी मेसँग भेट्नुअघि प्रधानमन्त्री ओलीले मंगलबार बिहान लन्डनस्थित नेपाली दूतावासमा भूतपूर्व गोर्खा सैनिकका विभिन्न संस्थाका अगुवाहरूलाई भेटेका थिए।

प्रधानमन्त्री ओलीसँगको छफलमा गोर्खा सैनिकहरूले निवृत्तिभरण लगायतका विषयमा आफूहरूलाई भेदभाव गरिएको बताउँदै आफ्ना मागहरू सम्बोधन नगरिए फेरि नयाँ चरणको आन्दोलन थाल्ने चेतावनी दिएका थिए।

तर बेलायत सरकारले भूतपूर्व गोर्खा सैनिकहरूप्रति भेदभाव भएको भन्ने आरोपलाई अस्वीकार गर्दै आएको छ।

बेलायती सरकारले गत मार्च महिनामा भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सन ३४ प्रतिशतसम्म बढाइने घोषणा गरेको थियो। 

भूतपूर्व गोर्खा सैनिकहरूले भने सन् १९९७ भन्दा अघि सेवानिवृत्त भएका बेलायती सैनिकहरूको तुलनामा आफूहरूले पाउने पेन्सन अझै निकै कम रहेको बताउने गरेका छन्। 

के छ त्रिपक्षीय सम्झौतामा? 
सन् १९४७ मा बेलायत, भारत र नेपालबीच सैन्य सेवामा रहेका गोर्खा सेनाको हक हितको लागि त्रिपक्षीय सम्झौता भएको थियो। 

भारत सन् १९४७ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि भएको उक्त सम्झौता अनुसार भारत र बेलायत सरकार गोरखा रेजिमेन्टहरु बीच विभाजन गर्न सहमत भए। 

जसअनुसार ६ वटा गोर्खा एकाइहरु नयाँ भारतीय सेनाको अङ्ग भए पनि ४ वटा एकाई बेलायती सेनाको अंगमा सरुवा गरियो। 

यस्ता छन् त्रिपक्षीय सम्झौताको मुख्य बुँदा :
-गोर्खा सैनिक नेपाली नागरिकको रुपमा भर्ति गरिनु पर्नेछ , नेपाली नागरिक को रुपमा सेवा गर्नु पर्नेछ र पुनर्स्थापित गरिनेछ।

-सबै धार्मिक तथा सांस्कृतिक संस्कारर बिधिहरु हिन्दु धर्म मान्यता अनुसार गरिनेछ।

-भारतीय तथा ब्रिटिस सेनामा रहने गोर्खा सिपाही ले समान आधारभूत पारिश्रमिक पाउनेछन , तथापी रहनसहन बसाइको अनुसार भत्ता फरक पर्न सक्नेछ ।

-सन्तोषजनक कर्तव्यपालन र व्यबहार, भएसम्म , सबै सैनिक लाई निवृतभरण पाउने समय सम्म काम गर्न सक्नेछन ।

-सबै गोर्खा सैनिक लाई प्रत्येक तीन तीन वर्षमा नेपाल जानको लागि छुट्टि दिइनेछ ।

-गोर्खा सेना को भर्ना र भर्ति विश्व व्यापी सैनिक नियम अनुसार गरिनेछ ।

-गोरखा सेना पूर्णतया एकीकृत हुन्छन् जहाँ उनीहरू भर्ती भएका छन् र कुनै पनि परिस्थितिमा उनीहरूलाई भाडाको सिपाही मानिने छैन।

हाल बेलायती सेनामा करिब ३५ सय र भारतीय सेनामा करिब ४० हजार गोर्खा सैनिक कार्यरत रहेका छन्।

प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १६:३७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने
सम्बन्धित सामग्री
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै संस्थापन पक्षले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट तीव्र बनाइरहेका बेला देउवा पक्षले बिहीबारदेखि आफ्नै महाधिवेशन प्रक्रिया सु... बुधबार, असोज १४, २०८३
विकास निर्माणका अवरोध हटाउन कानून संशोधनको तयारी बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग प्रतिनिधिसभाका प्राविधिक पृष्ठभूमि... बुधबार, असोज १४, २०८३
चोलेन्द्रलाई नियन्त्रणमा लिएको घटनाबारे सरकारसँग कांग्रेसको जवाफ माग बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद नीनु कुमारी कर्णले सुरक्षा चुनौती देखाउँदै जबरालाई नियन्त्रणमा लिएको घटनाले कानुनी... बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्