नयाँदिल्ली– यौन दुर्व्यवहारको आरोप लागेका बलिउड अभिनेता नाना पाटेकरले क्लिनचिट पाएका छन्। गतवर्ष अभिनेत्री तनुश्री दत्ताले उनका विरुद्ध यौन हिंसाको आरोप लगाएकीफ थिइन्।
बलिउडमा मीटू अभियानको सुरु गर्दै उनले पाटेकरले आफूलाई सुटिङका क्रममा गलत तरिकाले छोएको आरोप लगाएकी थिइन्। यो विषय मुम्बई प्रहरीसम्म पुगेको थियो। प्रहरीले यसमा अनुसन्धान गरेको थियो। अनुसन्धानबाट पाटेकर निर्दोष सावित भएका छन्। उनले यौन दुर्व्यवहार गरेको कुनै प्रमाण नभेटिएको भन्दै प्रहरीले 'निर्दोष' ठहर्याएको छ।
फिल्म 'हर्न ओके प्लिज'को सेटममा पाटेकरले आफूलाई गलत मनशायका साथ छोएको आरोप लगाएकी थिएन्। भनेकी थिइन्, "नाना पाटेकरले मलाई गीतमा नृत्यका स्टेप सिकाउने बहानमा गलत तरिकाले छोए। उनको छुने तरिकाले गलत आभाष भएको थियो।'
नानाको यही हर्कतले आफूले फिल्म छाडेको बताइन्। उनको ठाउँमा राखी सावन्त राखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।