गुल्मी- गुल्मीमा पहिलोपटक प्रथम होमस्टे महोत्सव हुने भएको छ।
मुसिकोट नगरपालिका वडा नं ६ स्वाँरामा रहेका गुरुङ समुदायले पुस १० देखि १३ गतेसम्म स्वाँरा होमस्टेको प्रचारप्रसार गर्ने उद्देश्यले होमस्टे महोत्सव गर्न लागेको समाजसेवी कुलबहादुर गुरुङले जानकारी दिए।
महोत्सवमा गुरुङ समुदायका विभिन्न कला संस्कृति झल्किने परम्परागत सांस्कृतिक झलकको साथमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको बेजोड सांस्कृतिक प्रस्तुति तथा खेलकुद लगायत होमस्टे महोत्सवका मुख्य आकर्षण रहने गुरुङले बताए।
२०६८ सालदेखि स्वाँरा होमस्टे सञ्चालन गरिए पनि होमस्टेको उचित प्रचारप्रसार नहुँदा र यातायातको भरपर्दो व्यवस्था नहुँदा ओझेलमा परेको छ। आन्तरिक तथा बाह्य पर्यटकको संख्या बढाउन महोत्सव आयोजना गर्न लागिएको उनले बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।