लन्डन- महिलामाथि दुर्व्यवहारको आरोप लागेका बेलायतका उपप्रधानमन्त्री डेमियन ग्रिनले आफ्नो पदबाट राजिनामा दिएका छन्।
उपप्रधानमन्त्री डेमियनले दिएको राजीनामापछि यहाँ फेरि अर्को दुर्घटना निम्तिएको विश्लेषण पनि गर्न थालिएको छ। उनी प्रधानमन्त्री टरिजा मेका निकटस्थ मानिन्छन्।प्रधानमन्त्री मेले उनको राजीनामा बिहीबार स्वीकृत गरेका छन्।
उनलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै केही वर्षयतादेखि अनुसन्धान गरिएको थियो। सो अनुसन्धानले दोषी ठहर गर्दै उनलाई बर्खास्त गर्नुपर्ने सुझाव दिएको थियो। सोही कारणले उनले राजीनामा दिएको समाचारमा उल्लेख गरिएको छ।
डेमियनले आफ्नो राजनीतिक दलका एक सहकर्मी महिलालाई दुर्व्यवहार गरेको र अश्लील दृश्यहरु कम्प्युटरमा पठाएको आरोप लागेको थियो। सन् २००८ मा सो घटना भएपछि उनीमाथि अनुसन्धान जारी थियो।
कार्यालयको कम्प्युटरमा पाइएका यस्ता अश्लील सामग्रीबाट नै यो प्रमाणित भएको बताइएको छ। तर उनले ती सामाग्रीबारेमा झुटो जानकारी दिएको बताएका छन्।
ती सामग्रीका अतिरिक्त उनले आफ्नै कन्जरभेटिभ दलकी एक महिलालाई पनि दुर्व्यवहार गरेको दाबी गरिएको थियो।
यतिखेर प्रधानमन्त्री मेले ब्रिटेन युरोपेली संघबाट बाहिरिने सहमति जुटाउने लगायतका कैयौं चुनौतीका बारेमा विभिन्न कठिन वार्ताहरु गरिरहेका छन्। यसैबीच उनको राजीनामाले प्रधानमन्त्री मेलाई पनि समस्या पर्न सक्ने अनुमान गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।