फाइल तस्बिर।
काठमाडौं- नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेलले सरकारलाई गुठी विधेयक तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। नेता पौडेलले संस्कृतिमाथि प्रहार गर्न सरकार उद्दत रहेको आरोपसमेत लगाए।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पौडेलले कम्युनिस्ट सरकारविरुद्ध संगठित भएर लड्नुको विकल्प नरहेको बताए। ‘कम्युनिस्ट सरकारले संस्कृतिमाथि प्रहार गर्ने कुचेष्ठा गर्दैछ, यसका विरूद्ध संगठित भएर लड्न अपिल गर्दछु,’ उनले भने।
नेता पौडेलले संविधानले धर्म, संस्कृति, परम्परा र मौलिक स्वतन्त्रताको प्रत्याभूत गरेको सरकारलाई स्मरण गराए। गुठीको परम्परा विभिन्न समुदायको मौलिकतामा आधारित रहेको बताउँदै उनले भने, ‘सरकारले ऐतिहासिक परम्परालाई छिन्नभिन्न पार्दै गुठी संस्थानको सम्पत्तिमा आँखा गाढेको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।