• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

दक्षिण एसियामा धुम्रपानभन्दा खतरनाक वायु प्रदूषण, भारतमा मात्र १२ लाखको मृत्यु!

64x64
नेपाल लाइभ बिहीबार, जेठ ३०, २०७६  १५:०२
1140x725

काठमाडौं- दक्षिण एसियाली मुलुकहरूमा धुम्रपानभन्दा खतरनाक रुपमा वायुप्रदुषण देखिन थालेको छ।

मानिसहरुको अकाल मृत्यु हुने सबैभन्दा ठुलो कारणको रुपमा वायुप्रदुषण देखिन थालेको भन्दै वातावरणीय सुरक्षा क्षेत्रमा काम गर्दै आएका निकायले चिन्ता व्यक्त गरेका छन्। 

वायु प्रदुषणका कारण मृत्यु हुनेको संख्या धुम्रपान सेवनभन्दा पनि बढी रहेको सन् २०१९ मा प्रकाशित 'स्टेट अफ ग्लोबल एयर' प्रतिवेदनले उल्लेख गरेको छ। 

प्रतिवेदनअनुसार वायु प्रदुषणका कारण अकालमा मृत्यु हुने मानिसको संख्या उच्च भएका देशमा भारत पहिलो नम्बरमा रहेको छ।

भारतपछि चीन सो सूचीको शीर्ष स्थानमा छ। २०१५ मा चीन भारतभन्दा अघि थियो।

यी दुई देशमा वायुप्रदुषणका कारण मानिसको मृत्यु हुनेको संख्या बढी हुनुको अर्थ छिमेकी राष्ट्रमा पनि यसको समस्या उतिकै छ।

प्रतिवेदनमा नेपालमा २५ हजार ७ सय जनाको मृत्यु वायुप्रदुषणका कारण हुने उल्लेख छ। 

दक्षिण एसियाका चीन र भारतपछि पाकिस्तान र बंगललादेश पनि वायु प्रदुषणले मृत्यु हुने देशको सूचीमा शीर्ष स्थानमा छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यी हुन् शीर्ष १० दश देश
प्रतिवेदनमा उल्लेख भएको तथ्यांक अनुसार विश्वमा वायु प्रदुषणका कारण मृत्यु हुने देशको शीर्ष १० देशको सूचीमा दक्षिण एसियाका ४ देश छन्। 

यो सूचीमा अमेरिका, रसिया र ब्राजिलसमेत रहेका छन्।

चीनमा १२ लाख, भारतमा १२ लाख, पाकिस्तानमा १ लाख २८ हजार, इन्डोनेसियामा १ लाख २४ हजार, बंगलादेशमा १ लाख २३ हजार, नाइजेरियामा १ लाख १४ हजार, अमेरिकामा १ लाख ८ हजार, रसियामा ९९ हजार, ब्राजिलमा ६६ हजार र फिलिपिन्समा ६४ हजार मानिसको मृत्यु वायुप्रदुषणका कारण हुने गरेको अध्ययनले देखाएको छ। 

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जन्मने बालकको उमेर २ वर्ष कम
प्रतिवेदन अनुसार बढ्दो वायु प्रदुषणका कारण दक्षिण एसियामा जन्मने मानिसको आयु दुई वर्ष कम भएको छ। दक्षिण एसिया (भारत, पाकिस्तान, बंगलादेश र नेपाल) सबैभन्दा प्रदुषित क्षेत्र मानिएको छ। यो क्षेत्रमा प्रदुषणका कारण अकालमै मृत्यु मानिसको संख्या हरेक वर्ष १५ लाख रहेको प्रतिवेदनमा उल्लेख छ।

रिर्पोटका अनुसार भारत र चीन प्रदुषणका कारण मृत्यु हुने तथ्यांकमा समान अवस्थामा भएपनि पछिल्ला समयमा चीनले त्यसमा निकै सुधार गरेको छ।

प्रतिवेदन अनुसार २०१७ मा विश्वका ३ अर्ब ६० करोड मानिस घरमा हुने प्रदुषणका कारण प्रभावित हुने गरेका छन्। 

अहिले तीव्र आर्थिक विकासका कारण ठोस इन्धनले खाना बनाउन क्रममा न्यूनीकरण हुँदै गएकाले यसमा केही कमी आएको छ।

तर भारतमा अहिले पनि ६० प्रतिशत, बंगलादेशमा ७९ र चीनमा ३२ प्रतिशत मानिस ठोस इन्धन प्रयोग गर्ने भएकाले धुँवाले असर गर्ने गरेको छ। यसका कारण घरभित्र प्रदुषण बढी रहेको छ।

भारतमा १२ लाखको मृत्यु
भारतमा सन् २०१७ मा करिब १२ लाख मानिसको मृत्युको कारण वायु प्रदुषण भएको पाइएको छ। प्रतिवेदन अनुसार उनीहरुको मृत्यु स्वच्छ हावाको अभाव हो। 

लामो समयसम्म घरबाहिर रहने वा घरमै रहेको भएपनि वायु प्रदुषणका कारण २०१७ मा स्ट्रोक, मधुमेह, हर्ट आट्याक, फोक्सोको क्यान्सरलगायतका बिरामी गरी विश्वमा ५० लाख मानिसको मृत्यु थियो।

यी मध्ये आधा मानिसको मृत्यु भारत र चीनमा मात्र भएको तथ्यांकमा उल्लेख छ। २०१७ मा चीनमा पनि १२ लाख मानिसको मृत्युको वायु प्रदुषण भएको रिर्पोटमा उल्लेख छ।

अमेरिकी हेल्थ इफेक्टस् इष्टिच्युट(एचईआई) हालै जारी गरेको प्रतिवेदनमा भारत र चीनको वातावरण प्रदुषण डरलाग्दो मृत्युको कारण भएको उल्लेख छ।

यसमा उल्लेख भएअनुसार भारतमा स्वास्थ्य सम्बन्धी समस्याका कारण मृत्यु हुने कारण तेस्रो कारण वायु प्रदुषण रहेको छ। यसपछि मात्र धुम्रपान रहेको छ।

यसभन्दा पहिले ‘द लैसेट काउन्डाउनः ट्रेकिङ्ग प्रोगेस अन हेल्थ एन्ड क्लाइमेट चेन्ज’ को एक प्रतिवेदनमा भारतमा घरभित्र हुने वायु प्रदुषणका कारण सन् २०१५ मा १ लाख २४ हजारको अकालमै मृत्यु भएको उल्लेख थियो।

प्रतिवेदनमा वायुप्रदुषणको रुप अल्ट्राफाइन पीएम २.५ का कारण विश्वमा २०१५ मा ५ लाख २४ हजार ६ सय ८० मानिसको अकाल मृत्यु भएको उल्लेख थियो। यसरी मृत्यु हुनुको कारणमध्ये प्रमुख कारण घरभित्रको वायु प्रदुषण हो। 


यसरी मानिसको मृत्यु हुनुको अन्य कारणमा कोइला, बिजुली संयन्त्र, यातायातका साधन र उद्योगवाट निस्कने धुवाँ भएको प्रतिवेदनमा उल्लेख थियो। यी कारणवाट क्रमशः ८० हजार ३ सय ६८, ८८ हजार ९१ र एक लाख २४ हजार २ सय ७ जना को मृत्यु भएको प्रतिवेदनमा उल्लेख छ।

प्रतिवेदन अनुसार २०१५ मा वायु प्रदुषणका कारण मृत्यु हुनेहरुको सूचीमा चीन पहिलो नम्बरमा रहेको थियो। सन् २०१५ मा ९ लाख ६६ हजार ७ सय ९३ मानिसले ज्यान गुमाएको प्रतिवेदनमा उल्लेख छ। तर अहिले उसले त्यसलाई सुधार गरेको छ।

सन् २०७१ मा युनिसेफले प्रकाशित गरेको एक प्रतिवेदनमा भारतसहित दक्षिण एसियामा वायु प्रदुषणका कारण एक वर्षभन्दा कम उमेरका  १ करोड २२ लाख शिशुको मानसिक विकासमा असर पर्न सक्ने देखिएको उल्लेख छ।

युनिसेफले वायु प्रदुषणका संकटमा लाखौं भारतीय बालबालिका रहेको उल्लेख गरेको छ। यसरी मृत्यु हुनेको संख्या दुर्घटना तथा मलेरियाका तुलनामा धेरै बढी छ।

अमेरिकी हेल्थ इफेक्ट्स इन्टिच्युटले यो प्रतिवेदन सार्वजनिक गरेको हो।

(द वायर हिन्दी र अन्य एजेन्सीकाे सहयाेगमा तयार पारिएकाे सामग्री)

प्रकाशित मिति: बिहीबार, जेठ ३०, २०७६  १५:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन
सम्बन्धित सामग्री
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बरमा एसिया भ्रमणका क्रममा उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनलाई भेट्न सक्ने संक... मंगलबार, असोज २७, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए प्रहरीले सोमबार दिएको जानकारीअनुसार अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीस्थित सीबीडी मैदानमा विरोध प्रदर्शन गर्न सकिनेछ । सोमबार, असोज २६, २०८३
अर्थशास्त्रतर्फको नोबेल पुरस्कार रोबर्ट हल र माइकल उडफोर्डलाई रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले उनीहरूलाई ‘समष्टिगत आर्थिक स्थिरीकरणका व्यष्टिगत आर्थिक आधारहरू’ को खोज तथा विकासका लागि यो प्रति... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस मंगलबार, असोज २७, २०८३
उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भेट्ने ट्रम्पको संकेत मंगलबार, असोज २७, २०८३
गोरखा–धादिङ खण्ड पूर्ण ठप्प, अन्य चार राजमार्ग एकतर्फी मात्र सञ्चालन मंगलबार, असोज २७, २०८३
वाणिज्य विभागद्वारा अनुगमन : ३ वटालाई जरिवाना, ३ वटालाई कागजातसहित उपस्थित हुन निर्देशन मंगलबार, असोज २७, २०८३
दशैंको तेस्रो दिन आज चन्द्रघण्टा देवीको पूजा–आराधना गरिँदै मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्