काठमाडौ- नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले निर्वाचन प्रक्रिया पूरा गरेर कांग्रेस सत्ता हस्तान्तरण गर्न आतुर रहेको बताएका छन्।
काठमाडौं क्षेत्र नं १ ले आज बिहान बानेश्वरमा आयोजना गरेको ‘बधाई तथा सम्मान’ कार्यक्रममा नेता सिंहले संविधान अनुसार नियम पुर्याएर कांग्रेसले सत्ता हस्तान्तरण गर्ने बताए।
'कांग्रेसलाई अप्ठ्यारो बनाउने बहानामा राष्ट्रपतिले अध्यादेश रोक्न हुँदैन,' उनले भने। सत्ताका लागि कांग्रेसले लोभ नगरेको भन्दै उनले सरकारमै बिनाविभागीय मन्त्री बनेर बसेका दलका नेताहरुले कांग्रेसलाई नैतिकताको पाठ सिकाएको आश्चर्य व्यक्त गरे।
प्रत्यक्षतर्फको निर्वाचनमा आफ्नो दलको निराशाजनक सिट आए पनि समानुपातिकमा भने सन्तोषजनक नतिजा आएको उनको भनाइ छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।