काठमाडौं- मस्तिष्क शिरोघात (ब्रेन स्ट्रोक) पीडित वरिष्ठ कथाकार मनु ब्राजाकीलाई पाटन अस्पतालको सघन उपचार कक्ष (आइसियु) मा भर्ना गरिएको छ।
दुई पटक स्ट्रोक शल्यक्रिया गराइसकेका ब्राजाकीलाई हाल निमोनियाले पनि च्यापेपछि अवस्था गम्भीर भएको कवि मुरारी सिग्देलले जानकारी दिए। ब्राजाकीलाई रक्तचाप र मधुमेहको पनि समस्या छ।
७५ वर्षीय ब्राजाकीका तिम्री स्वास्नी र म, पारदर्शी मान्छे, अन्नपूर्णाको भोज, भविष्य यात्रा लगायत आधा दर्जनभन्दा बढी कथा संाग्रहका साथै गजल गंेगा, के हेरेको ए जिन्दगी लगायत गजलसंग्रह प्रकाशित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।