सिमरा- बाराको महेन्द्रनगरबाट ठूलो परिमाणमा सालको अवैध चिरान काठ बरामद गरिएको छ।
हलखोरिया साझेदारी वन व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय, सिमरा तथा सशस्त्र प्रहरी बल, पिलुवाको संयुक्त टोलीले मंगलबार सालको चिरान काठ बरामद गरेको हो।
महेन्द्रनगरको एक घरबाट रु ३ लाख बराबरको अवैध सालको चिरान काठ बरामद गरेको साझेदारी वन व्यवस्थापन समितिका अध्यक्ष रवीन्द्र सिंहले जनाए।
काठ नियन्त्रणमा लिइएको भए पनि संलग्न व्यक्ति फरार छन्। थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, सिमराका प्रमुख प्रहरी निरीक्षक भुवन भट्टले जानकारी दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।