कायरो- इजिप्टको सैनिक अदालतले आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिन इच्छा प्रकट गर्ने सैनिक कर्नेल अहमद कोनसोवालाई ६ बर्षको जेल सजाय तोकेको छ।
राष्ट्रपति अब्देल फताह अल सिसीसँग अर्को निर्वाचनमा प्रतिस्पर्धा गर्न यही डिसेम्बर २ गते सैनिक कर्नेल कोनसोवाले इच्छा प्रकट गरेका थिए।
सेनाको जागिरे कोनसोवाको निर्वाचन लड्ने घोषणा इजिप्टको कानुन विपरीत भएकोले ६ वर्षको कारावास सजाय तोकिएको राष्ट्रपतिका कानुनी सुरक्षा अधिकारी असाद हैकलले बताए। सैनिक सेवामा सक्रिय रहेको व्यक्तिले राजनीति गर्ने घोषणा गर्नु सैनिक कानुनको उल्लङ्घन मानिएको छ।
सिसीसँग पूर्व तानाशाह हास्नी मुबारकको कार्यकालका अन्तिम प्रधानमन्त्री अहमद साफिकले प्रतिस्पर्धा गर्ने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।