रियाद, साउदी अरब- साउदी अरबको राजधानी रियादस्थित यामामाह दरबारलाई लक्षित गरी प्रहार गरिएको क्षेप्यास्त्रलाई साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले आकासशै नष्ट गरेको छ।
यमामाह दरबार साउदी राजा सलमानको सरकारी निवास हो।
साउदी अरबको राज्य सञ्चालित टेलिभिजनले गठवन्धनले क्षेप्यास्त्र नष्ट गरेको घोषणा गर्नुपूर्व नै साउदी नागरिकले आकाशमा विस्फोट भएको क्षेप्यास्त्रको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए।
साउदी अरबको बजेटलाई यामामाह दरबारबाट राजा सलमानले सार्वजनिक गर्ने प्रचलन छ। यसकै तयारी भइरहेका बेला मंगलबार बिहान १० बजेर ५० मिनेटमा विशाल आवाजसहित आकाशमा विस्फोट भएको थियो।
यसैबीच यमनी सिया विद्रोहीका प्रवक्ता मोहम्मद अब्दुल सलामले यमनबाट आफ्नो समूहले ब्यालेस्टिक क्षेप्यास्त्र हानेको पुष्टि गरेका छन्। ‘भोल्कानो एच–२’ नामक क्षेप्यास्त्रको प्रयोग गरिएको उनले बताए।
यामामाह दरबारप्रति लक्षित गरी यमनी सिया समूहद्वारा क्षेप्यास्त्र छोडिएको उनले दाबी गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।