काठमाडौं– नेपाली सुगम संगीतका लोकप्रिय गायक रामकृष्ण ढकालको नयाँ गीत ‘तिम्रो महल’को भिडियो सार्वजनिक भएको छ।
माधव ढकालको शब्द र गैरे सुरेशको सुमधुर संगीतले सजिएको गीतको भिडियोमा दिपेन गौतम र जुना सुन्दासको अभिनय रहेको छ।
भिडियोको निर्देशन युवराज वाइवाले गरेका हुन्। गीतका रचनाकार ढकाल निजामती सेवाका उपसचिव समेत हुन्।
यसअघि ढकालको ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ’ बोलको गीत बहुचर्चित बनेको थियो।
५ सय भन्दा बढी गीतमा संगीत भरिसकेका संगीतकार गैरे भने पछिल्लो समयका व्यस्त संगीतकार मानिन्छन्।
गीत ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।