इटहरी- इटहरी उपमहानगरले बाल गायक प्रितम आर्चायलाई बाल सद्भावना दूत घोषणा गरेको छ। मंगलबार एक कार्यक्रमकाबिच कार्यबाहक प्रमुख लक्ष्मी गौतमले बाल सद्भावना दूत घोषणा गरिएको प्रमाणपत्र प्रदान गरेकी हुन्।
आचार्यलाई प्रमुख प्रशासकीय अघिकृत केशव विमली र वडाध्यक्ष दिपक गौतमले माला र टोपी लगाइदिएर सम्मान गरेका थिए। । कार्यवाहक प्रमुख गौतमले इटहरीपुत्र प्रितमले इटहरीको नाम विश्वभर राखेको भन्दै धन्यवाद दिइन्।
उनले इटहरी उपमहानगरले प्रितमकै आवाजमा नगर गीत बनाउने तयारी भइरहेको बताएकी थिइन्।
बालगायक प्रितम आर्चायले आफू यो अवस्थासम्म आइपुग्न इटहरी उपमहानगरले पुर्याएको सहयोगप्रति धन्यवाद दिएका थिए।
प्रितम आर्चार्य भारतीय टेलिभिजन जिटिभीको चर्चित रियालिटी सो सारेगम लिटिल च्याम्समा तेश्रो भएका थिए। कार्यक्रम प्रितमले ‘देशले रगत मागे मलाई बली चढाऊ’ बोलको गीत गाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।