एजेन्सी- हराइरहेको भारतीय वायुसेनाको 'एएन-३२' जहाजको अवशेष अरुणाञ्चल प्रदेशमा फेला परेको छ। बिबिसीका अनुसार पछिल्लो ८ दिनदेखि बेपत्ता जहाज खोजी गर्न सरकारले भारतीय वायुसेनाको टोली खटाएको थियो।
यो विमान अरुणाञ्चल प्रदेशको पश्चिमी सियांग जिल्लामा फेला परेको हो।
विमानमा १३ जना यात्रु रहेका थिए।
कार्गो विमान ३ जुन दिउँसो १२:२७ मा असमको जोरहाटबाट उडान गरेको थियो। सो जहाज उडेको आधा घन्टामै सम्पर्क टुटेको थियो।
खोजी आभियानमा विशेष अप्रेसनमा प्रयोग हुने एयरक्राफ्ट सी–१३०,एएन–३२ एस एमआई–१७ चौपर र स्थलसेनाको आधुनिक हेलिकोप्टर प्रयोग गरिएका थिए।
एएन–३२ विमान भारतीय सेनाको आधुनिक प्रविधियुक्त विमान भएको दाबी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।