काठमाडौं- मेगा बैंक लिमिटेड र टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड एक आपसमा गाभिने भएकका छन्।
मेगा बैंकको आज यहाँ आयोजित विशेष साधारण सभाले टुरिजम डेभलपमेन्ट बैंकसँग गाभिनका लागि विशेष प्रस्ताव पारित गरेको हो ।
सभामा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रस्तुत गरेको मर्जरसम्बन्धी विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो । मेगा बैैंकको प्रतिशेयर मुल्य रु १०० बराबर टुरिजम बैँकको प्रतिशेयर मुल्य ९५ कायम गरिएको छ । यस्तै टुरिजमको एक कित्ता शेयर हुने शेयरधनीले शुन्य दशमलव ९५ कित्ताको अनुपातमा शेयर पाउनेछन्।
टुरिजम बैंकसँगको मर्जर प्रक्रियापछि मेगा बैंक नेपालको सबैभन्दा बढी पुँजी भएको बैंकहरुमध्येमा पर्ने अध्यक्ष शाहले बताए। टुरिजम बैंकले यसअघि नै मर्जर प्रस्ताव पारित गरिसकेको थियो । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।