काठमाडौं– लोकसेवा आयोगले स्थानीय तहका विभिन्न पदमा कर्मचारी भर्नाका लागि गरेको विज्ञापनलाई प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले रद्द गर्न दिएको निर्देशनप्रति साझा विवेकशील पार्टीले ध्यानाकर्षण भएको बताएको छ।
उसले उक्त निर्देशन अत्यन्त गैरजिम्मेवार कार्य भएको एक विज्ञप्तिमार्फत बताएको हो।
'लोकसेवाको विज्ञापनमा संविधानमा उल्लेखित समावेशिताको सिद्धान्त पालन भए नभएको बारेमा लोकसेवा आयोगको ध्यानाकर्षण गर्न र आवश्यक देखिएमा विज्ञापनको सर्त परिमार्जनको सुझाव दिन सकिन्छ। तर संसदीय समितिले स्वायत्त संवैधानिक आयोगको काममा प्रत्यक्ष हस्तक्षेप गरी विज्ञापन नै रद्द गर्ने निर्देशन दिनु अत्यन्त गैरजिम्मेवार कार्य हो', प्रवक्ता सूर्यराज आचार्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
राजनीति भागबण्डाले राज्यका विभिन्न अङ्गहरू नै जर्जर भइरहेको अवस्थामा फेरी राजनीतिक भागबन्डाकै उद्देश्य राखेर लोकसेवाको विज्ञापन रद्द गरिनु उनले उसले अडान राखेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।