विराटनगर– प्रदेश १ को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सत्तारुढ 'नेकपाका कार्यकर्तालाई जे गर्न पनि छुट हो?' भन्दै प्रश्न गरेका छन्।
सोमबार प्रदेश सभा बैठकमा बोल्दै उनले भने, 'बलात्कारीले म नेकपाको कार्यकर्ता हुँ भन्यो भने के उसले छुट पाउँछ? नेकपाका नेताहरुको नाम लिएपछी मैले बलात्कार गरेको फिर्ता लिएँ भन्न पाइन्छ?'
नेकपाको नाम लिएपछी जस्तोसुकै अपराध गरेपनि छुट पाउने अवस्था आएको भन्दै उनले आपत्ति जनाए।
'इटहरी उपमहानगरपालिका मेयर द्धारिकलाल चौधरीले पत्रकार विराट अनुपमलाई नाकको हड्डी भाँच्न एउटा घडेरी र एक करोड छुट्याएको छु भन्दै धम्की दिँदा किन कारबाही भएन?,' उनले थप प्रन गरे, 'पत्रकारलाई ज्यान लिने गरी कसैलाई सुपारी दिएको र सञ्चारमाध्यममा समेत सार्वजनिक रुपमा पत्रकारिता पेसाप्रति नै चुनौती दिने अभिव्यक्तिबारे सरकार र सक्तारुढ दल चुुइँक्क समेत नबोल्नुले के बुझ्ने हो?'
उनले पद र ओहोदामा भएका व्यक्तिले जे गर्न पनि छुट हुन हवस्था आएको जिकिर गर्दै भने, 'माओको शासन ल्याउँछु, चारपाटा मोड्छु, कालोमसो दल्छु भन्दा पनि सरकार किन मौन? ज्ञानेन्द्र शाहीले पत्रकारलाई गाली गर्दा खाली खुट्टा कुट्दै काठमाडौं ल्याइयो। तर, एक नेकपाका कार्यकर्ताले पत्रकारलाई तेरो नाक भाँच्न एउटा घडेरी छुट्याएको छु भन्दा कारबाही नहुने हो?
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।