कलैया- मंसिर २९ गतेयता लगातार शीतलहर चल्दा बारा जिल्लाको जनजीवन कष्टकर भएको छ।
बिहानदेखि नै बाक्लो हुस्सु लाग्ने र चिसो बढेसँगै सदरमुकाम कलैयामा सर्वसाधारणको चहलपहलमा कमी आएको छ। चिसो हावा चल्ने गरेकाले बजार तथा कार्यालयमा सर्वसाधारणको उपस्थिति कमी हुनाका साथै विद्यालयमा विद्यार्थी उपस्थितिमा समेत कमी आएको छ।
निरन्तर चिसोका कारण कलैया अस्पतालमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियामा बिरामीको संख्या पनि बढेको पाइएको छ। बाक्लो हुस्सुका कारण सिमरा विमानस्थलमा पुस १ र २ गते विमान अवतरण प्रभावित भएको थियो।
शीतलहरले बालबालिका, वृद्धवृद्धालाई बढी समस्या परेको छ।
जिल्ला दैवी प्रकोप उद्धार समिति बाराले शीतलहरबाट बच्न जिल्लावासीमा सूचना प्रवाह गरेको जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।