इस्लामावाद- पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ।
उच्च ओहोदाको व्यक्तिको सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दामा आरोपित उनलाई पक्राउ गरिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
उनले भने आफूमाथि लगाइएको आरोपको खण्डन गरेका छन्। हत्या गरिएका पूर्वप्रधानमन्त्री बेनेजिर भुट्टोका श्रीमान् जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति बनेका थिए।
उनलाई पक्राउ गर्ने बेलामा प्रहरी र उनका समर्थकहरुबीचमा केहीबेर सामान्य झडपसमेत भएको थियो। उनी पाकिस्तान पिपुल्स पार्टीका नेता हुन्।
पटक-पटक विवादित बन्दै आएका जर्दारीलाई यसअघि भ्रष्टाचारसम्बन्धी मुद्दाकै विषयमा ११ वर्षको जेल सजाय सुनाइएको थियो।
पाकिस्तानका अर्का पूर्वप्रधानमन्त्री नवाज सरिफ पनि भ्रष्टाचारको अभियोगमै ७ वर्षे जेल सजाय भोगिरहेका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।