काठमाडौं– प्रतिनिधिसभाको समानुपातिकतर्फ ५ वटा दलले मात्र राष्ट्रिय मान्यता पाए । ३ प्रतिशत थ्रेसहोल्डका कारण २ लाख भन्दा धेरै मत ल्याउने दलले पनि सिट पाएनन् ।
प्रतिनिधिसभाको ४९ दलले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये ११ वटा दलले त एक हजार मत समेत हटाउन सकेनन् । प्रतिनिधिसभाको समानुपातिकतर्फ देशभरीबाट १ हजार पनि मत ल्याउन नसक्ने दल यी हुन्–
पार्टी - चुनाव चिन्ह - मत
१.हाम्रो पार्टी - धारा– ४२६
२.देशभक्त समाज- जरायो - ४३४
३.लिवरल डेमोक्रेटिक पार्टी- दमाहा - ५१९
४.संघीय लिम्बुवान राष्ट्रिय पार्टी - हवाइजहाज -- ७२१
५.देशभक्त लोकतान्त्रिक पार्टी - ऐना - ७४०
६.जनप्रजातान्त्रिक पार्टी ,नेपाल- गैंडा - ७४४
७.नेपाल दलित पार्टी- इनार -८३४
८.युवा नेपाल पार्टी - मोटरसाइकल -८७२
९.एकल चिन्ह सिपाही - सिपाही -९४६
१० नेपाल नौलो जनवादी पार्टी -चुच्चाले चिठी बोकेर उड्न लागेको परेवा - ९७६
११.नेपाल दर्शन - भुईकटर -९७७
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।