काठमाडौं- नेपालको टेलिकमको सिमबाट ३ रुपैयाँ ३ पैसामा चीनमा कल गर्न सकिने भएको छ।
अन्तर्राष्ट्रिय कल सेवा विस्तारसँगै टेलिकमले नयाँ योजना ल्याएको हो। यो अफरअन्तर्गत कल गर्दा अन्य समयको भन्दा २०.८९ प्रतिशत कम शुल्क लाग्छ।
टेलिकमले जारी गरेको विज्ञप्तिमा यो अफरले चीन र नेपालबीच भइरहेको व्यापार व्यवसायमा टेवा पुर्याउनुका साथै द्विपक्षीय भ्वाइस कल सेवा सहज गराउने जनाएको छ। केही समय अघि कम्पनीले सुरु गरेको चाइना कल अफरमार्फत ग्राहकले भ्वाइस कल सेवा लिँदै आएको टेलिकमले जनाएको छ।
यो अफर अफरअन्तर्गत दैनिक, साप्ताहिक र मासिकरुपमा प्याक खरिद गरेर सेवा लिन सकिने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार दैनिक १० मिनेट भ्वाइस कलको लागि ३५ रुपैयाँ, साप्ताहिक ४५ मिनेट भ्वाइस कलको लागि एक सय ५० रुपैयाँ र मासिक एक सय ६५ मिनेट भ्वाइस कलका लागि पाँच सय रुपैयाँको प्याक प्रयोग गर्न सकिनेछ।
तीनवटा प्याक खरिदमार्फत कल गर्दा ग्राहकले प्रतिमिनेट तीन रुपैयाँ ५० पैसा, तीन रुपैयाँ ३३ पैसा र तीन रुपैयाँ तीन पैसामा सेवा लिन सक्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार प्याक अफरअन्तर्गत ००, १४२४, १४२५ र १४४५ लगायत सबै अन्तर्रा्ष्ट्रिय एक्सेस कोडमा उपलब्ध रहेको छ।
८१४१५८७३ मा डायल गरी प्राप्त गर्न सकिने सेवाअन्तर्गत दैनिक, साप्ताहिक र मासिक योजनाका लागि क्रमशः डी-चाइना, डब्लु चाइना/एमचाइनाडिफ टाइप गरी १४१५ मा म्यासेज पठाउनुपर्ने कम्पनीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।