फाइल तस्बिर
काठमाडौं- समाजवादी पार्टीले पार्टी नेतृत्वको विषयमा सञ्चार माध्यममा आइरहेको समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ।
पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय कमिटी अध्यक्ष उपेन्द्र यादवका बीचमा सरकार छाडेर आन्दोलनमा जाने कि सरकारमै बसिरहने भन्ने विषयमा फरक मत रहेको सार्वजनिक भइरहेका बेला पार्टीले विज्ञप्तिमार्फत खण्डन गरेको हो।
'पार्टी नेतृत्वमा राजनीतिक सवाल र मुद्दाहरुमा कहीं कतै मतभेद वा कुनै किसिमको अलग–अलग धार नरहेको स्पष्ट गर्न चाहन्छौं', पार्टी उपमहासचिव तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ।
पार्टीले सरकारमा जाने र छाड्ने राजनीतिक दलका लागि विशुद्ध राजनीतिक र रणनीतिक सवाल भएको स्मरण गराएको छ। 'यस विषयलाई कसैको व्यक्तिगत सवालसँग जोडेर हेर्नु उपयुक्त हुदैन,' विज्ञप्तिमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।