फाइल तस्बिर
काठमाडौं- प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीय संसद भवन निर्माण कार्यमा भईरहेको ढिलाईप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
सभामुख महराले एक वर्ष अघि सरकारले सिंहदरबारस्थित पुतली बगैँचामा संघीय संसद भवन निर्माणका लागि बजेट विनियोजन गरेपनि त्यसको निर्माण कार्य अझै अघि बढ्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभामुख महराले विकास निर्माणको कामलाई सहज ढंगले अघि बढाउने गरी आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराएका थिए।
'प्रक्रियामा हुन जाने ढिलाईलाई अन्त्य नगर्ने हो भने नेपालको विकास, निर्माण कार्यले गति लिन सक्दैन,' सभामुख महराले भने, 'सभामुख महराले प्रक्रियामा हुने ढिलाईका कारण नै नेपालमा विदेशी लगानी भित्र्याउन समस्या भईरहेको छ।'
सभामुख महराले बजेट कार्यान्वयनका लागि पनि कानुनी जटिलता देखिएको उल्लेख गर्दै त्यसलाई हटाएर अघि बढ्न सरकारको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।