काठमाडौँ- चिनियाँ वस्तुतको वैदेशिक व्यापार ४ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ।
अमेरिकाले चिनियाँ समानमा सीमा—शुल्क (ट्यारिफ)मा अस्वभाविक वृद्धि गरेपछि दुई देशबीच व्यापार विवाद बढी रहेका बेला बैदेशिक व्यापारमा ४.१ प्रतिशतले वृद्धि भएको बताइएको छ।
चिनियाँ अखबार पिपुल्स डेलीका अनुसार यो ५ महिनामा १.७६ ट्रिलियन अमेरिकी डलरबरावरको वैदेशिक व्यापार भएको हो।
यो अवधिमा निर्यातमा समेत ६.१ प्रतिशतले वृद्धि भइ ६.५ ट्रिलियन युआन(चिनियाँ मुद्रा)बराबरको समान निर्यात गरिएको बताइएको छ।
आयात भने १.८ प्रतिशतले मात्रै वृद्धि भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।