काठमाडौं- भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले अस्ट्रेलियाका पूर्व कप्तान स्टिभ स्मिथसँग माफी मागेका छन्। भारतीय समर्थकले स्मिथमाथि अभद्र व्यवाहार प्रस्तुत गरेको भन्दै कोहलीले माफी मागेका हुन्।
आइतबार लन्डनस्थित ओभलमा भारत र अस्ट्रेलियाबीचको खेलका दौरान भारतीय समर्थकले स्मिथलाई 'चिटर' भनेर गाली गरेका थिए। भारतले ब्याटिङ गरिरहदा स्मिथ फिल्डिङका लागि बाउन्ड्री नजिक गएको बेला भारतीय समर्थक कराएका थिए। खेलमा भारतले अस्ट्रेलियालाई ३६ रनले पराजित गरेको थियो।
बल टेम्परिङ काण्डमा दोषी भएर एक वर्ष प्रतिबन्धमा परेपछि स्मिथले पहिलो पटक राष्ट्रिय टिमका लागि प्रतियोगिता खेलिरहेका छन्।
'उनी आफ्नो देशका लागि खेलिरहेका छन्। उनी मैदानमा धेरै राम्रा खेलाडी हुन्। हामीसँग मैदान र मैदान बाहिर केहि कुरा हुन्छन्। तर त्यो कुरमालाई सधैं लिएर बस्नु हुन्न,' कोहलीले भनेका छन्,'यदि कसैले माफी माग्छ र गल्ती स्विकार गर्छ । अनि फेरि खेलमा फर्कन्छ। तर पनि गाली खान्छ भने त्यो राम्रो होइन। त्यसैले भारतीय समर्थकले यस्तो गर्नु हुन्न। म भारतीय समर्थकको तर्फबाट माफी माग्न चाहान्छु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।