काठमाडौं- अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्रजिलले प्रभावशाली जित दर्ता गराएको छ। ब्रजिलले आइतबार राति भएको खेलमा होन्डुरसलाई ७-० गोलले हराएको हो।
खेलको २९ मिनेटमा होन्डुरस १० खेलाडीमा सीमित बनेको थियो। क्युटोटोलाई रेफ्रीले रातो कार्ड देखाउदै बाहिर पठाएका थिए।
ब्रजिलका लागि गाब्रियल जेससले ६ र ४७ मिनेट, थियागो सिल्भाले १३ मिनेट, फिलिपो काउन्टिन्होले ३७ मिनेट, नेरेस कम्पोसले ५६ मिनेट, रोबर्टो फिर्मिनोले ६५ मिनेट र रिचार्डलिसनले ७० मिनेटमा गोल गरेका थिए।
अन्य खेलमा मेक्सिकोले इक्वेइडरलाई ३-२, जापानले इल साल्भाडोरलाई २-०, क्यामरुनले जाम्बियालाई २-१, भेनेजुएलाले अमेरिकालाई ३-०, कोलम्बियाले पेरुलाई ३-० र पाराग्वेले ग्वाटेमालालाई २-० ले हराएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।