काठमाडौं- युइएफए नेशन्स कपको उपाधि पोर्चुगलले जितेको छ।
आइतबार राति भएको फाइनलमा नेदरल्यान्ड्सलाई १-० गोलले हराउँदै पोर्चुगलले उपाधि जितेको हो। पोर्चुगलको जितमा गोल्नकालो गुइडेसले ६० मिनेटमा गोल गरे।
सन् २०१६ मा युरोपियन च्याम्पियनसिपको उपाधि जितेको पोर्चुगलले तीन वर्षको बीचमा दोस्रो उपाधि जितेको हो।
यसअघि सेमिफाइनलमा पोर्चुगलले स्विट्जरल्यान्डलाई हराएको थियो। नेदरल्यान्ड्सले भने इंग्ल्यान्डलाई पाखा लगाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।