फुकुओका- अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्वको अर्थतन्त्रमा व्यापार विवाद मुख्य चुनौती रहेको बताएको छ।
चीन–अमेरिकाबीचको व्यापार विवादका कारण विश्व आर्थिक वृद्धिदर प्रमुखरूपमा प्रभावित भएको भन्दै यसलाई सुल्झाउनका लागि विश्व समुदायले विभिन्न मञ्चमा विचारहरू व्यक्त गरिरहेका समय मुद्रा कोषले उक्त धारणा सार्वजनिक गरेको हो।
आइतबार मुद्रा कोषका प्रमुख क्रिष्टिन लेगार्डले भने, 'विश्व व्यापार तनावले विश्वको आर्थिक वृद्धिमा ‘मुख्य चुनौती’ दिएको छ।'
चीन–अमेरिकाबीचको कर वृद्धिले विश्व आर्थिक विकासलाई ‘महत्वपूर्ण धक्का’ पुर्याउन सक्ने उनको आँकलन थियो।
लेगार्डले जी–ट्वन्टी समूह राष्ट्रहरूका अर्थमन्त्रीहरूसँग भेट गरेपछि जारी गरेको विज्ञप्तिमा उक्त चासो व्यक्त गरेका हुन्। रासस÷एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।