टोकियो- विश्वका विकसित अर्थतन्त्रहरूको समूह (जी–ट्वान्टी) राष्ट्रका अर्थमन्त्री तथा केन्द्रीय बैंकका गभर्नरहरूको जापानको फुकोओमामा व्यापार विवाद तथा डिजिटल अर्थतन्त्रबारे भएको दुई दिन लामो छलफलपछि आइतबार संयुक्त विज्ञप्ति जारी गरिएको छ।
'भेलाले विश्वव्यापी आर्थिक वृद्धि स्थिर देखिएको र यस वर्षको अन्त्य तथा सन् २०२० भरमा सामान्य सुधार आउने प्रक्षेपण गरेको छ,' विज्ञप्तिमा उल्लेख छ, 'तर आर्थिक वृद्धिदर भने न्यून रहने निष्कर्ष निकालिएको छ।'
सम्बन्धित मुलुकका वित्तप्रमुखहरूको भेलाले विश्वका प्रविधि क्षेत्रका ठूला कम्पनीहरूलाई कसरी नयाँ करको दायरामा ल्याउने सम्बन्धमा समेत छलफल गरेको छ। उनीहरूबीच इन्टरनेटका ठूला कम्पनीहरूको विश्वव्यापी कर्पोरेट कर नियमलाई सुधार गर्ने विषयमा समेत छलफल भएको बताइएको छ।
विज्ञप्तिमा भनिएको छ, 'हामीले करबारे देखिएका ‘डिजिटलाइजेसन’का कारण निम्तिएका पछिल्ला चुनौतीहरूमा विकसित पछिल्ला प्रगति तथा महत्वाकांक्षी विकासका कार्यक्रमलाई अनुमोदनका विषयमा सहमति गरेका छौँ। यस सन्दर्भमा भएका हाम्रा पहलहरूलाई सहमतिका आधारमा समाधान निकाल्ने र अन्तिम प्रतिवेदन सन् २०२० सम्ममा ल्याउनेछौँ।'
यसैबीच, मन्त्रीहरूले पुनः यस पहिले जनाउँदै आएका प्रतिस्पर्धी मुद्रा अवमुल्यनसम्बन्धी प्रतिबद्धतालाई सुधारसहित ल्याउने बताएका छन्। जसका कारण व्यापारमा अनुचित फाइदा हुने गरेका विभिन्न मुलुकहरूले आवाज उठाउँदै आएका छन्। भेलाले सम्पत्ती शुद्धीकरण, आतङ्कवादी समूहलाई आर्थिक सहयोग घटाउने र क्रिप्टोकरेन्सी व्यापारलाई नियमनका लागि पहललाई बढाउने सहमति भएको छ। रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।