काठमाडौं- कम्प्युटिङ सोलुसनबाट दैनिक जीवनयापन कसरी राम्रो बनाउन सकिन्छ भन्ने विषयमा जानकारी दिन काठमाडौँको सफ्ट्वरिका कलेजले ३ दिने आईओटी प्रदर्शनी गर्ने भएको छ।
मंगलबारदेखि डिल्लीबजारमा चल्ने प्रदर्शनीका लागि स्मार्ट स्कुल÷कलेज, स्मार्ट पाकिङ्, स्मार्ट होटल÷रिसोर्ट, स्मार्ट फोहोर व्यवस्थापन, स्मार्ट मापसे जाँच, स्मार्ट सुरक्षा गार्ड, स्मार्ट सवारी साधन सहित स्मार्ट सिटीको नमुना तयार गरिएको कले प्रसशसनले जनाएको छ।
विहिबार सम्म चल्ने प्रदर्शनीमा राखिने मोडल कलेजका कम्प्यूटिङ विषयमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत १ सय ९४ विद्यार्थीले तयार गरेका हुन्।
प्रदर्शनी अवधिमा तिनै दिन आइ।टि। मा भविष्य बनाउन चाहने विद्यार्थीका लागि विषेश कार्यशाला समेत सञ्चालन गरिनेछ। बेलायतको आईटी सम्बन्धी कभेन्ट्री विश्वविद्यालयका एबि लिटलरले कार्यशालाको संयोजन गर्ने छन्।
विद्यार्थीलाई प्रयोगात्मक पढाइमा जोड दिइ दक्ष जनशक्ति उत्पादन गर्ने र सर्वसाधरणलाई कम्प्यूटिङ सोलुसनको अवधारणा बुझाउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको कलेजका अध्यक्ष विज्ञान श्रेष्ठले बताए।
निशुल्क प्रवेश रहेको प्रदर्शनी राज्यका नीति निर्माता, विद्यार्थी, अभिभावक र आर्इटी क्षेत्रका जिज्ञाशुका लागि उपयोगी हुने श्रेष्ठको भनाइ छ।
प्रविधिको सदुयोग गर्न सके जीवनयापन सहज हुन्छ भन्ने प्रदर्शनीले स्पष्ट पार्ने प्रदर्शनीका संयोजक मनोज श्रेष्ठ बताउँछन्।
३ हजार जनाले अवलोकन गर्ने अपेक्षा राखिएको प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको कलेजका निर्देशक अमृत थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।