काठमाडौं– सांग्रिला डेभलपमेन्ट बैंकले आफ्ना ग्राहकहरूलाई नयाँ इन्टरनेट बैंकिङ सुविधा ल्याएको छ।
पहिल्यै भएको इन्टरनेट बैंकिङ सुविधामा थप सुविधासहित अन्तर बैंक रकम ट्रान्सफर (आइबिएफटी), सेड्युल भुक्तानी, चेकबुक व्यवस्थापन, खाताहरूको लिंक, टपअप तथा बिल पेमेन्ट, एकाउन्ट स्टेटमेन्ट, आइपिएस कनेक्ट, रिचार्ज कार्ड, मर्चेन्ट पेमेन्ट जस्ता विभिन्न अन्य सुविधासहित इन्टरनेट बैंकिङको सुरुवात गरेको हो।
नयाँ सुविधा भएको इन्टरनेट बैंकिङबाट ग्राहकहरूले इन्टरनेटको माध्यमबाट विभिन्न सुविधा उपयोग गर्न सक्नेछन्।
यस सेवा अन्तर्गत ग्राहकहरूले बैंकको हाल सञ्चालनमा रहेका ८५ वटै शाखाहरूबाट आफ्ना ग्राहकहरूलाई यो सुविधाको थालनी गरेको बैकका प्रमुुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठले बताए।
यसअघि बैंकले आफ्ना ग्राहकहरूलाई विभिन्न प्रकारका बैंकिङ सुविधाहरू जस्तै: मोबाइल बैंकिङ, लकर, एटिएम, इन्टरनेट बैंकिङ, एबिबिस, रेमिट्यान्स आदि सुविधा दिँदै आएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।