काठमाडौं- युरो २०२० को छनोट प्रतियोगितामा विश्व विजेता फ्रान्स पराजित भएको छ। शनिबार राति भएको खेलमा फ्रान्सलाई टर्कीले २-० गोलले पराजित गरेको हो।
घरेलु मैदानमा भएको खेलमा टर्कीका लागि कान अइहानले ३० मिनेटमा गोल गरेर अग्रता दिलाए। ४० मिनेटमा सेन्गिस अन्डरले डिबक्स भित्रबाट दोस्रो गोल गरेपछि टर्कीले फ्रान्सविरुद्ध पहिलो हाफमै २ गोलको अग्रता लियो।
समूह एचमा लगातार तेस्रो जितसँगै टर्की ९ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको फ्रान्सको ६ अंक छ।
यता समूह जेको खेलमा इटालीले ग्रिसलाई ३-० गोलले पराजित गरेको छ। इटालीका लागि निकोलो बरेलाले २३ मिनेटमा, लोरेन्जो इनसिनले ३० मिनेट र लियोनार्दव बुनुचीले ३३ मिनेटमा गोल गरे। समूहमा इटालीको यो लगातार तेस्रो जित हो।
यता सीको खेलमा जर्मनीले बेलारुसलाई २-० गोलले पराजित गरेको छ। जर्मनीका लागि लिरोए सानले १२ मिनेट र मार्कोस रेउसले ६२ मिनेटमा गोल गरे। समूहमा जर्मनी लगातार २ जित निकालेर दोस्रो स्थानमा छ। शीर्ष स्थानको उत्तरी आयरल्यान्डको ९ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।