काठमाडौं- आइसिसी क्रिकेट विश्वकप २०१९ मा लगातार तेस्रो जित हात पारेर न्युजिल्यान्ड शीर्ष स्थानमा कायम छ। न्युजिल्यान्डले शनिबार भएको तेस्रो खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गर्यो। जारी विश्वकपमा अफगानिस्तानको भने यो लगातार तेस्रो हार हो।
पहिले ब्याटिङ गरेको अफगानिस्तान ४१.१ ओभरमा १७२ रनमै अलआउट भयो। अफगानिस्तानका लागि हस्मातुल्लाह शाहिदीले सबैभन्दा बढी ५९ रन जोडे। बलिङमा न्युजिल्यान्डका जेम्स नीशमले ५ विकेट लिए। लकी फर्ग्युसनको नाममा ४ विकेट रह्र्यो।
१७३ रनको लक्ष्य न्युजिल्यान्डले ३२.१ ओभरमा ३ विकेटको क्षतिमा पार गर्यो। मार्टिन गुपटिल पहिलो बलमै अफ्ताब आलामको बलमा आउट भएका थिए। कोलिन मुनरोले २२ रन जोडे भने रोश टेलर ४८ रनमा आउट भए। कप्तान केन विलियमसनले नटआउट ७९ रन जोडे। उनले ९९ बलमा ९ चौका हिर्काए। टम लाथामले नटआउट १३ रन बटुले।
बलिङमा अफगानिस्तानका अफ्ताबले ३ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।