काठमाडौं- आइसिसी क्रिकेट विश्वकप २०१९ मा आयोजक इंग्ल्यान्ड दोस्रो स्थानमा उक्लिएको छ। इंग्ल्यान्डले शनिबार बंगलादेशलाई १०६ रनको फराकिलो अन्तरले पराजित गरेको हो। तीन खेल खेलेको इंग्ल्यान्डको यो दोस्रो जित हो।
इंग्ल्यान्डले दिएको ३८७ रनको लक्ष्य पछ्याएको बंगलादेश २८.५ ओभरमा २८० रनमा अलआउट भयो। बंगलादेशका लागि सकिब अल हसनले १२१ रन जोडे। अन्य ब्याट्सम्यान जम्न सकेनन्। बलिङमा इंग्ल्यान्डका बेन स्टोक्स र जोफ्रा आर्चरले ३-३ विकेट लिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ६ विकेटको क्षतिमा ३८६ रन जोडेको छ।
यो स्कोर इंग्ल्यान्डले विश्वकपमा बनाएको उच्च योगफल हो। यसअघि इंग्ल्यान्डले सन् २०११ मा भारतविरुद्ध ८ विकेटको क्षतिमा ३३८ रन जोडेको थियो।
शनिबार इंग्ल्यान्डका लागि ओपनर जासन रोएले शतक प्रहार गरे। उनले १५३ रन जोडेका उनले १२१ बलमा १४ चौका र ५ छक्का हिर्काए। अर्का ओपनर जोनी बिस्ट्रले ५१ रन बटुले। उनले ५० बलमा ६ चौका प्रहार गरे।
जोए रुट २१ रनमा आउट हुँदा जोस बटलरले ४४ बलमा ६४ रन बटुले। कप्तान इयान मोर्गानले ३५ रन र बेन स्टोक ६ रनमा आउट भए। क्रिस ओएक्सले ८ बलमा २ छक्काको मद्दतमा नटआउट १८ रन र लियाम प्लुङ्केटले ९ बलमा ४ चौका र १ छक्का हिर्काउँदै नटआउट २७ रन जोडे।
बलिङमा मोमहद सइफुदिन र मेहदी हसन मिराजले २-२ विकेट लिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।