काठमाडौं- किंग्स कपमा थाइल्यान्डलाई भारतले पराजित गरेको छ। शनिबार थाइल्यान्डको बुरीराम रंगशालामा भएको खेलमा भारतले १-० को जित हात पारेको हो।
भारतको जितमा अनिरुद्र थापाले निर्णायक गोल गरे। उनले खेलको १७ मिनेटमा गोल गरेका थिए।
२२ मिनेटमा थाइल्यान्डका तीरासिलले बललाई जाली चुमाए पनि रेफ्रीले अफसाइड घोषणा गरिदिएका थिए।
प्रशिक्षक इगोर स्टिमाकले भारतका लागि पहिलो जित हात पारेका हुन्। उनी क्रोएसियालाई विश्वकपको फाइनलमा पुर्याउने प्रशिक्षक हुन्।
योसँगै भारतले थाइल्यान्डलाई वर्षमा दोस्रो पटक हराएको छ। यसअघि भारतले एसिया कपमा थाइल्यान्डलाई ४-१ गोलले पराजित गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।