काठमाडौं- साफ अन्डर १५ महिला फुटबल प्रतियोगितामा नेपाल आयोजक बंगलादेशसँग ६–० ले पराजित भएको छ।
ढाकास्थित वीरश्रेष्ठ सहिद सिपाही मोहम्मद मुस्तफा कमल रंगशालामा नेपाली टोली बलियो प्रतिद्वन्द्वी आयोजक बंगलादेशसँग ६–० ले पराजित भएको हो।
नेपालकी मनमाया विकको उपहार गोलबाट १३औं मिनेटमा अग्रता लिएको बंगलादेशले पहिलो हाफमा ४ तथा दोस्रो हाफमा २ गोल गर्यो।
घरेलु टोलीलाई सहज जित दिलाउन तोहुरा खातुनले ह्याट्रिक गरिन्। उनले २६, ३२, ६९ र ७२ मिनेटमा गोल गरिन्। यस्तै, अनुचिङ मोगिनी र मोनिका चाक्माले १/१ गोल गरे। नेपालले पाएका केही अवसर खेर फालेको थियो।
खेलपछि पत्रकार सम्मेलनमा नेपाली टिमकी प्रशिक्षक गंगा गुरुडले मिडफिल्डरको कमजोरीले पराजित भएको र अर्को खेलमा सुधार्ने बताइन्। छोटो समयको तयारी भए पनि खेलाडीले सन्तोषजनक प्रदर्शन गरेको उनको भनाइ छ।
अब भारतसँगको खेलमा नयाँ रणनीतिसहित मैदान उत्रने प्रशिक्षक गुरुङले बताइन्। नेपालको अन्डर १५ महिला टिमले मंगलबार भारतको सामना गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।