• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
स्पोर्टस लाइभ

कलिलो उमेरकी तेक्वान्दोकी 'ब्ल्याकबेल्ट' प्रशिक्षक

64x64
नेपाल लाइभ आइतबार, जेठ २६, २०७६  ०६:२२
1140x725

डडेल्धुरा- तेक्वान्दो भन्ने बित्तिकै साहसिक खेल भनेर बुझिन्छ। सबैले खेल्न त टाढाको कुरा, हेर्न पनि डर मान्छन् कतिपय। 

साहिसिक खेल भएपनि यसमा महिलाको आकर्षण नयाँ विषय भने होइन। तर डडेल्धुराको परशुराममा महिला प्रशिक्षक नै छन्। त्यो पनि कलिलो उमेरकी गौरी हमाल।

सानै उमेरबाट खेलप्रति रुचि राख्ने गौरी डडेल्धुराको परशुराम नगरपालिका-५ परिगाउँमा तेक्वान्दो प्रशिक्षण गर्दै आएकी छिन्। 

भुवनेश्वरी नमूना मावि कक्षा १२ मा अध्ययनरत गौरी हरेक दिन बेलुका बालबालिकालाई तेक्वान्दो खेल सिकाउनमा नै ‍व्यस्त हुन्छिन्। विद्यालय बिदा हुनासाथ विद्यालयकै मैदानमा ३५ भन्दा बढी बालबालिकालाई गौरीले मार्सल आर्ट तेक्वान्दो सिकाउँछिन्। २० वर्षीया मार्सल आर्टकी ‘ब्लाकबेल्ट’ गौरीले पछिल्लो ६ महिना यता बालबालिकालाई प्रशिक्षण दिँदै आएकी हुन्। 

जिल्लाको भित्रीमधेश जोगबुढा क्षेत्रमा पर्ने परशुराम नगरपालिका-५, परिगाउँमा रहेको भुवनेश्वरी नमूना माविमा अध्ययनरत गौरी सानैदेखि तेक्वान्दो खेल्दै आएकी हुन्। उनी आफू ‘ब्ल्याकबेल्ट’ भइसकेपछि बालबालिकालाई पनि आफूले सिकेको खेल सिकाउँदै आएकी छन्। उनले नै सिकाएका खेलाडी अहिले ‘ब्लुबेल्ट’ सम्म भइसकेका छन्। 

आफूले सिकाउने खेलाडीलाई प्रत्येक ३/३ महिनामा बेल्ट दिने गर्छिन् उनी। खेलका आधारमा खेलका चरण सजिलै पार गर्ने बालबालिकालाई ३/३ महिनामा बेल्ट फेर्दै माथि बढाउँदै लैजाने उनले बताइन्। खेलाडीलाई प्रमोसनका साथै उत्साह दिन गौरीका गुरु राजेन्द्र मडैंले बेल्ट प्रदान गर्दै आएका छन्। 

गौरी मार्सल आर्टको ‘ब्ल्याकबेल्ट’ भइसकेपछि ५३-५७ केजी तौल समूहमा प्रतिस्पर्धा समेत गर्दै आएकी छन्। उनले अहिलेसम्म खेलेका खेल मध्ये सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता २०७३ अन्तर्गत क्षेत्रीय छनौट प्रतियोगितामा द्वितीय भइन्। 

Ncell 2
Ncell 2
nimb
nimb

राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप-२०७४ सुदूरपश्चिमाञ्चल क्षेत्रीय तेक्वान्दो प्रतियोगितामा गौरी प्रथम भएकी थिइन्। यसैगरी ०७५ मा राष्ट्रिय तेक्वान्दो एसोसिएसनको आयोजनामा जिल्ला तेक्वान्दो च्याम्पियनसिपमा उनी ५५ केजी तौल समूहमा च्याम्पियन बनिन्। 

राष्ट्रिय तेक्वान्दो एसोसिएसन नेपादलको जिल्ला तेक्वान्दो च्याम्पियनसिप-२०७५ मा नै उनी जिल्ला च्याम्पियन पनि बनिन्। राखेप च्याम्पियनसिप २०७४ मा भने उनी तृतिय भएकी थिइन्। जिल्ला स्तरमा हुने प्रतियोगितामा कहिले प्रथत त कहिले द्वितीय स्थान हासिल गर्न उनी सफल बन्दै आएकी छन्। 

प्रशिक्षण गराएबापत गौरीले सय रुपैयाँ शुल्क तोकेकी छन्। तर, त्यो सय रुपैयाँ पनि बालबालिकाका अभिभावकले दिन मान्दैनन्। ‘३५ जना मध्ये ४/५ जना मात्रैले शुल्क दिन्छन् अरु दिँदैनन्,’ उनले भनिन्, ‘धेरैको खेल्ने रहर छ, तर उनीहरुसँग अनुकूल वातावरण र पैसा हुँदैन। तैपनि म आउन खेल सिकाइदिन्छु भन्छु। उनीहरु आउँछन् खेल्छन्।’

सहयोग नपाएको गुनासो
घर नजिकैको विद्यालयमा अध्ययनरत गौरी ‘ब्ल्याकबेल्ट’ भएपछि विद्यालयमा नै गाउँका बालबालिकालाई तेक्वान्दो खेलाउँदै आएकी हुन्। तर स्थानीय सरकारले अहिलेसम्म तेक्वान्दोको विकासका लागि सहयोग गर्न नसकेको बताउँछिन्। 

प्रतियोगिताका लागी काठमाडौं जानु पर्दा तीन जना प्रतियोगीका लागि नगरपालिका तथा वडाले ७ हजार मात्रै छुट्याउँदा निरास हुनुबाहेक आफूसँग कुनै उपाय नभएको उनले सुनाइन्। 

‘प्रतियोगितामा भाग लिन हामी तीन जना जानुपर्ने थियो। नगरपालिका, वडासँग आर्थिक सहयोगका लागि गुहार गर्दा ७ हजार दिने कुरा भयो। म त आफ्नै खर्चमा गएँ। तर अरु २ जनाले सहभागिता जनाउन नसक्दा निरास हुनुपर्‍यो,’ उनले भनिन, ‘खास गरी थोरै मात्रामा खेलकुद प्रतियोगिता हुने जिल्ला हो डडेल्धुरा। त्यसमा पनि पछाडि परेको जोगबुढा क्षेत्रमा खेलकुदका प्रतियोगिता नै हुँदैनन। राम्रा क्षमतावान खेलाडी छन्। तर आर्थिक रुपमा कमजोर खेलाडीको घरपरिवारले खेलकुदका लागि समय दिन सक्दैन। जिल्ला बाहिर हुने प्रतियोगितामा सहभागिता जनाउन नसक्दा क्षमता देखाउन सकिएको छैन।’ 

सकेसम्म जिल्ला बाहिर तथा संघीय राजधानी काठमाडौंसम्म प्रतियोगितामा भाग लिइएपनि दक्ष प्रशिक्षक नहुँदा आवश्यक ज्ञान हासिल गर्न सक्ने अवस्था रहेको गौरीले बताइन्। काठमाडौंमा हुने प्रतियोगितामा सुदूरपश्चिमबाट सहभागिता जनाउने आफू मात्र हुँदा अपहेलित हुनुपर्ने र अन्य बहानामा अंक गुमाई क्षमतामाथि खेलवाड हुने गरेको उनको आरोप छ।

विपद्का दृष्टिले जोखिममा रहेको जोगबुढा र त्यसमा पनि महाकाली, रंगुन पन्तुरा नदीको कटानमा रहेको परिगाउँ विकट क्षेत्रमा मार्सलआर्ट सिकाइरहेकी गौरीले सरकारले खेलकुद क्षेत्रलाई प्रोत्साहान गर्न नसकेको बताउँछिन्। देश संघीय संरचना संघीय तहमा गएपनि काम गर्ने शैली परिवर्तन नभएको उनको बुझाइ छ। 

'गाउँगाउँमा सिंहदरबार' भनिए पनि महिला तथा स्थानीयका माग बमोजिमका काम अहिले पनि हुन नसक्दा निरास बन्नुपर्ने अवस्था आएको उनले बताइन्। खेलकुद क्षेत्र तथा त्यसमा पनि तेक्वान्दो विकासमा परशुराम नगरपालिका तथा आफ्नो वडाले कुनै गतिविधि गर्न नसक्दा आफू बालबालिकाका लागि प्रशिक्षकमै सीमित बन्न पुगेको उनको बुझाइ छ।

प्रकाशित मिति: आइतबार, जेठ २६, २०७६  ०६:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ
यस्तो छ विदेशी मुद्राको विनिमय दर
सम्बन्धित सामग्री
ब्वाइज युनियनमाथि बाँसबारीको नाटकीय जित बुधबार, फागुन १४, २०७६
नेपाली क्रिकेट टिमको विदाइ बुधबार, फागुन १४, २०७६
विराटलाई उछिन्दै स्मिथ नम्बर एक ब्याट्सम्यान बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
पिसाब गरेपछि केहीबेरमा फेरी पिसाब लागेजस्तो हुन्छ ? यस्तो हुन सक्छ कारण मंगलबार, असोज ६, २०८३
विपद् प्रभावित क्षेत्रमा नेपाल–ईयू सहकार्य गहिरो बनाउने प्रतिबद्धता मंगलबार, असोज ६, २०८३
तपाईंको मिर्गौला बिग्रँदै छ कि? यसरी थाहा पाउन सकिन्छ मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर मंगलबार, असोज ६, २०८३
आज प्रतिनिधि सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
३५ उपसचिवको सरुवा : को कहाँ ? (नामावलीसहित) सोमबार, असोज ५, २०८३
अमेरिका जानुअघि प्रधानमन्त्री बालेनसँग प्रधानसेनापति सिग्देलको भेट, के भयो कुराकानी? सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्