काठमाडौं- एसिसी अन्डर १६ पूर्वी क्षेत्रीय क्रिकेट च्याम्पियनसिपको उपाधि भिडन्तमा नेपालले सिंगापुरसामु १ सय ८४ रनको लक्ष्य प्रस्तुत गरेको छ।
थाइल्यान्डको टेर्डथाई मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ३५ ओभरमा ६ विकेट गुमाएर १ सय ८३ रन बनायो।
नेपालका विशाल विक्रम केसीले ६२ रन बनाएको इनिङ्समा नारायण जोशीले नटआउट ४६ रन बनाए।
नेपालका ओपनरद्वय कृष्ण मल्ल शून्य र राजन मगर ३ रनमा पेवेलियन फर्किएका थिए। सुवास ऐरी २२, तृतराज दास १९ र सुनिल भण्डारी १५ रनमा आउट भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।