• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ २०, २०८२ Tue, Feb 3, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

निर्माणाधीन सडकका कारण डुबानको खतरामा राजविराज

64x64
नेपाल लाइभ शनिबार, जेठ २५, २०७६  ०६:४३
1140x725

राजविराज– सडक डिभिजन कार्यालय लहानमार्फत् निर्माणाधीन सडकका कारण मुलुककै पहिलो टाउन प्लानिङ सिटी ‘राजविराज’ डुबानमा पर्ने खतरा बढेको छ। 

सडकको योजना प्राविधिक रूपमै त्रुटिपूर्ण र लापरबाहीपूर्वक तयार भएको सडक विभागकै सेवा निवृत्त इन्जिनियरहरूले आरोप लगाएका छन्। 

त्रुटिपूर्ण योजनामा निर्माणाधीन सडकले राजविराजको मौलितामा ह्रास आउनुका साथै खतरा समेत बढाएको उनीहरूको तर्क छ। विसं २०१६ सालमा नगरपालिका घोषणा गरिएको राजविराज सन् १९३८ मा सहरको रुपमा विकास भएको हो।

भारतको गुलाबी सहरका नामले चिनिने जयपुर बजारको नक्साका आधारमा राजविराजको डिजाइन गरिएको छ।

राजविराजको गजेन्द्र चोकदेखि रुपनी मोड (बस स्टेण्ड)सम्म करिब ४ मिटर सडक निर्माण भइरहेको छ। निर्माणका क्रममा पुरानो अवस्थाबाट सडकलाई करिब एक फिट अग्लो पारिएको छ।

जसको पेटी ढलान गर्ने काम सम्पन्न भएको छ। गजेन्द्र चोक र आसपासका घर/पसल तथा कार्यालय भवन सडक पेटीको लेभलभन्दा तल परेका छन्। 

ढल निकासको योजना समेत नहुँदा आसपासका घर, राष्ट्रिय वाणिज्य बैंकसहितका आधा दर्जनभन्दा बढी कार्यालय डुबानको खतरामा छन्। ठेक्का सम्झौतामा ढल निकासको व्यवस्था नभएको डिभिजन कार्यालयले स्पष्ट पारेको छ।

Ncell 2
Ncell 2

‘सडक निर्माणसँग ढल निकासको योजना छैन,’ डिभिजन कार्यालयका सप्तरी क्षेत्र हेर्ने इन्जिनियर नवीन साहले भने, ‘राजविराज नगरपाकिलाकासँग समन्वय गरेर काम सुरु भएको हो, ढल निकासको व्यवस्था नगरपालिकाले नै गर्ने समझदारी भएको छ।’

राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादवले भने सडकको ठेक्कामा ढल निकासको योजना नभएपछि नगरपालिकाले बाध्य भएर योजना बनाउनु परेको बताए। उनले भने, ‘ढल निर्माणको विषयलाई लिएर हामीले केही दिनकाम रोक्यांै, तर योजनामै छैन भनेपछि चुप लाग्नुपर्‍यो।’

सडकको लेभल बढाइएको र ढल निकासको व्यवस्था समेत नभएकाले राजविराजका मुख्य क्षेत्र सामान्य वर्षामा पनि डुबानमा पर्ने सडक डिभिजनका सेवा निवृत्त इन्जिनियर गनी अन्सारीले बताए। ‘सडकको योजना प्राविधिक रुपमै त्रुटिपूर्ण छ,’ उनले भने, ‘यसले राजविराजलाई पोखरीमा परिणत गर्छ।’

२/३ वर्षको फरकमा खाँडो खोलाको बाढी राजविराज प्रवेश गर्ने गरेको र उक्त सडकका कारण नगरमा खतरा अझै बढेको उनले तर्क गरे। ‘नगरवासीसँग समन्वय नै नगरी सडक लेभल बढाइयो, अब एकै पटक सयौं घरको लेभल बढाउनु सम्भवना छैन,’ अन्सारी भन्छन्, ‘यदि सम्भव भयो भने पनि करोडौंको व्ययभार थपियो, यसको जवाफ कसले दिने?’

२०७४ सालमा खाँडो खोलाको बाढी रुपनी हुँदै राजविराज प्रवेश गरेको थियो। बाढीले राजविराजका अधिकांश घर डुबेका थिए भने विभिन्न खोलामा आएको बाढीका कारण त्यो वर्ष सप्तरीमा मात्रै ५ जनाले ज्यान गुमाएका थिए। 

काम सुस्त, भएको पनि गुणस्तरहीन 
डिभिजन कार्यालयले २०७५ असारमै सडक निर्माणको ठेक्का लगाएको थियो। काठमाडौंको वल्र्डवाइड रामसागर निर्माण कम्पनीले २०७६ असार मसान्तमा काम सक्ने गरी निर्माणको ठेक्का लिएको छ। ढिलो गरी पुस महिनाबाट सुरु भएको काम सुस्त गतिमा सञ्चालन भइरहेको स्थानीयहरू बताउँछन्। 

अर्कोतर्फ भएको काम समेत गुणस्तरहीन भएको सेवानिवृत्त प्राविधिकहरू बताउँछन्। सडक निर्माणमा कार्यालय र निर्माण कम्पनीले लापरबाही गरेको उनीहरूको आरोप छ।

सरोकारवाला नगरवासीलाई सूचनावाट वञ्चित गरेको, त्रुटिपूर्ण योजना कार्यान्वयन गरी नगरमा खतरा बढाएको र गरेको काम समेत गुणस्तरहिन भएको सडक विभागका सेवा निवृत्त अर्का इन्जिनियर प्रयाग यादवले आरोप लगाए।

‘सरकारले लागू गरेको नियम पनि उलंघन भएको छ, सडक निर्माणको जानकारी उपलब्ध गराउने बोर्ड योजना स्थलमा छैन,’ उनले भने, ‘योजनाको बारेमा सोध्दा जानकारी पनि दिइँदैन।’ 

सम्झौतामा जेसुकै उल्लेख भएको भए पनि सडक निर्माणका क्रममा मापदण्ड अनुरूपको कार्य नभएको उनको दाबी छ। 

‘आरसिसी ढलान गर्दा क्युव टेस्ट र क्युरिङ (सिमेण्ट, बालुवा, गिट्टीको अनुपात जाँच) लगायतका मापदण्ड पूरा गर्नुपर्छ,’ यादवले थपे, ‘तर ती कुनै प्रक्रिया भएको जानकारीमा छैन, ढलानपछि पानी हालेको हामीले देखेका छैनौं।’

सडक डिभिजनका इन्जिनियर नवीन साहले भने काम गुणस्तरहीन नभएको गुनासो गरे।

धुलोको आतंक
निर्माण कम्पनीको लापरबाहीका कारण राजविराजमा धुलोको आतंक छ। पुसमा भत्काएको सडक समयमै पिच गर्ने वा पानी हाल्ने दुवै काम भएको छैन।

बस, ट्रक, ट्रिपर, ट्रयाक्टर, म्याजिक, विङ्गर लगायतका सयौंको संख्यामा सवारी गुड्ने सडक भत्काएर धुलाम्मे पारेको भन्साली ट्रेडर्सका सुभास भन्सालीले बताए। 
उनले भने, ‘१०/१५ दिनमा एक पटक पानी हाल्छन्, दोकान वन्द गरेर हिँड्ने अवस्थामा आएको छ।’

इन्जिनियर साहले २/३ दिनदेखि आफू पनि निर्माण स्थलमा नगएको बताउँदै धुलो नियन्त्रण गर्न ठेकेदारले पानी हाल्नुपर्ने बताए।

प्रकाशित मिति: शनिबार, जेठ २५, २०७६  ०६:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर
आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना
निपाह भाइरस : जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
अमेरिका–भारत व्यापार सम्झौता, भारतीय वस्तुमा अमेरिकी भन्सार दर घट्ने मंगलबार, माघ २०, २०८२
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमय दर मंगलबार, माघ २०, २०८२
आज उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना मंगलबार, माघ २०, २०८२
निपाह भाइरस : जनस्वास्थ्यका मापदण्ड अनिवार्य रुपमा पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज पनि सुनको भाउ तोलामा १३ हजार ४०० रुपैयाँ घट्यो सोमबार, माघ १९, २०८२
महावीर पुनले रिसाएर मन्त्री पद छाडेको प्रधानमन्त्री कार्कीको दाबी सोमबार, माघ १९, २०८२
पाकिस्तानमा तिव्र आक्रमण , करिव दुई सय जनाको मृत्यु सोमबार, माघ १९, २०८२
ओपिडी सेवा २५ हजारसम्मको मात्र उपलब्ध गराउने स्वास्थ्य बीमा बोर्डको निर्णय सोमबार, माघ १९, २०८२
समानुपातिकको बन्दसूचीबाट आयोगले हटायो ७६ जनाको नाम सोमबार, माघ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इरानका सात सहरमा विस्फोट, पाँचको मृत्यु, १४ जना घाइते आइतबार, माघ १८, २०८२
१८ हजार ८०० सयले घट्यो सुन आइतबार, माघ १८, २०८२
रवि लामिछानेको खुट्टामा चोट, अस्पताल भर्ना मंगलबार, माघ १३, २०८२
बालेनको घरको गेट फुटाइयो शनिबार, माघ १७, २०८२
गोली हानेर नियन्त्रणमा लिइएका लुटेरा सार्वजनिक बिहीबार, माघ १५, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्