काठमाडौं– एभरेष्ट बैंक अन्तर कलेज फुटसल प्रतियोगिताको उपाधि टाइम्स कलेजले जितेको छ।
बिहीबार भएको फाइनलमा टाइम्सले कसमस कलेजलाई ४–० गोलमा पराजित गर्दै उपाधि जितेको हो। टाइम्सको जितमा अनिश कार्कीले ह्याट्रिक गरे। कसमसले १ गोल आत्माघाती गरेको थियो। टाइम्सले सेमिफाइनमा नेसनल कलेजलाई ३–० गोल तथा कसमसले लुम्बिनी कलेजलाई २–१ गोलले हराउँदै फाइनलमा प्रवेश गरेका थिए।
एभरेष्ट बैंकको मुख्य प्रायोजन तथा ष्ट्रेलियन एजुकेशन स्पेसलिष्ट(असिज ग्रुप), अर्ना बियर र प्रिज्मा एड्भरटाइजिङको सह–प्रायोजकमा संचालन भएको प्रतियोगिताको उत्कृष्ट खेलाडी कसमस कलेजका अरुण तामाङ चुनिए । टाइम्सका अनिश कार्की उत्कृष्ट डिफेन्डर भए। टाइम्सकै रोमन रसाईली उत्कृष्ट गोलकिपर चुनिए ।
धुम्बराही स्थित धन्यन्तरी फुटसलमा सम्पन्न भएको प्रतियोगिताका बिजेता टिमलाई प्रमुख अतिथि एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सोमेश्वर सेठ, बैंककै नायब महा प्रबन्धक राजिब जैन, असिज ग्रुपका प्रबन्धक निर्देशक सौरभ खनाल, आयोजक पोक्सी इन्फोटेकका प्रबन्धक निर्देशक नरेन्द्र खड्कालगायतले पुरस्कृत गरेका थिए।
मेरिडियन पोलिक्लिनिकको हस्पिटलिटीमा संचालन भएको प्रतियोगिताको बिजेताले ५५ हजार सहित शिल्ड, मेडल प्राप्त गर्दा उपविजेता बनेको कसमस कलेजले २५ हजार नगद प्राप्त गरेको थियो । एकदिने प्रतियोगितामा २० टिमको सहभागिता रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।