काठमाडौं- सरकारले बंगलादेशका लागि पूर्वमन्त्री डा वंशीधर मिश्रलाई राजदूत सिफारिस गरेको छ।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले मिश्रलाई बंगलादेशका लागि राजदूत सिफारिस गर्ने निर्णय गरेको हो।
बिहीबारकै मन्त्रिपरिषद् बैठकले अष्ट्रेलियाका लागि महेश दाहाल, कतारका लागि नारद भारद्वाज र स्पेनमा दावाफुटी शेर्पालाई राजदूत सिफारिस गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।