रोम– स्लोभाकियाका मिडफिल्डर मारेक हाम्सिकले अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको रेकर्ड बराबरी गरेका छन्। हाम्सिकले इटालियन क्लब नापोलीका लागि सबैभन्दा बढी गोल गर्ने रेकर्ड बराबरी गरेका हुन्।
शनिबार राति टोरिनोविरुद्ध ३० मिनेटमा गोल गरेर हाम्सिकले रेकर्ड बराबरी गरेका हुन्। हाम्सिकले नापोलीका लागि १ सय १५औं गोल गरेका हुन्। सन् १९८४ देखि १९९१ सम्म नापोलीबाट खेलेका म्याराडोनाले १ सय १५ गोल गरेर क्लबका लागि बढी गोल गर्ने रेकर्ड बनाएका थिए।
हाम्सिकले ४ सय ६४ खेलमा १ सय १५ गोल गर्दा म्याराडोनाले २ सय ५९ खेलमा बढी गोलको रेकर्ड बनाएका थिए।
खेलमा इटालियन सिरि एको पहिलो स्थानमा रहेको नापोलीले टोरिनोलाई ३–१ गोलले पराजित गरेर दोस्रो स्थानको इन्टर मिलानसँगको अंक दूरी २ मा पुर्याएको थियो। नापोलीको १७ खेलबाट ४२ तथा इन्टरको समान खेलबाट ४० अंक छ। युभेन्ट्स १६ खेलबाट ३८ अंक जोडेर तेस्रो स्थानमा छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।