पेरिस– फ्रेञ्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले रेनेसलाई ४–१ गोलले पराजित गरेको छ। शनिबार राति भएको खेलमा पिएसजीको जितमा स्टार खेलाडी नेइमारले चौथो र ७६ मिनेटमा गरी २ गोल गरे।
युवा खेलाडी केलियन एमबाप्पेले १७ मिनेटमा पिएसजीका लागि दोस्रो गोल गरेका थिए। इडिन्सन काभानीले ७५ मिनेटमा अर्को गोल गरेपछि पिएसजी जिततर्फ लम्केको थियो।
रेनेसका लागि मुबेलेले ५३ मिनेटमा गोल गरेका थिए।
खेलमा दुवै टिमका १–१ खेलाडीले रातो कार्ड पाएका थिए। रेनेसका बेन्जामिन आन्द्रेले ६३ तथा किम्पेबेले ८९ मिनेटमा रातो कार्ड पाए। आन्द्रेलाई दोस्रो पहेँलो कार्ड देखाइदा किम्पेम्बेले डिबक्स भित्र गम्भिर फल गरेका थिए।
लिगमा पिएसजी १८ खेलबाट ४७ अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको मोनाकोको ३८ तथा तेस्रो स्थानको लियोन र चौथो स्थानको मार्सेलीको समान ३५–३५ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।