अबुधावी– स्पेनिस महारथी क्लब रियल म्याड्रिडले लगातार दोस्रोपटक फिफा क्लब विश्वकपको उपाधि जितेको छ। शनिबार अबुधावीमा भएको फाइनलमा ब्राजिलियन क्लब ग्रेमिओलाई १–० गोलले पराजित गरेर रियल च्याम्पियन बनेको हो।
रियलको जितमा फरवार्ड क्रिस्टियानो रोनाल्डोले निर्णायक गोल गरेका थिए। ५३ मिनेटमा प्राप्त फ्रिकिकमा रोनाल्डोले गोल गरेका थिए। क्लब विश्वकपमा सबैभन्दा बढी गोल गर्ने रेकर्ड बनाएका रोनाल्डो यो सातौं गोल हो।
उपाधिसँगै रियलले अर्को स्पेनिस क्लब बार्सिलोनाको रेकर्डसँग बराबरी गरेको छ। रियलले तेस्रो पटक उपाधि जितेर बार्सिलोनासँगको रेकर्ड बराबरी गरेको हो। बार्सिलोनाले २००९, २०११ र २०१५ मा उपाधि जितेको थियो। रियलले भने २०१७, २०१६ र २०१४ मा उपाधि जित्यो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।