काठमाडौं– काठमाडौं उपत्यकाका सुनचाँदी पसल, मनी एक्सचेन्ज र विभिन्न वित्तीय संस्थाहरूमा खुकुरी प्रहार गर्दै, मान्छेलाई नियन्त्रणमा लिएर लुटपाटको आतंक मच्चाउने गिरोहका एक सदस्यलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ।
काका भनिने छिरिङ तामाङलाई गोेली हानेर पक्राउ गरिएको हो। उनी लुटपाट गिरोहका मुख्य नाइके रहेको प्रहरीले जनाएको छ। जेठ ४ गते दिउँसो १२ बजेर ४५ मिनेटमा काठमाडौं जोरपाटीस्थित बुद्धराम सुनारले सञ्चालन गरेको भिमश्वरी सुनचाँदी पसल लुटिएको थियो।
सो क्रममा उनै तामाङले उक्त पसललेलाई खुकरी प्रहार गरेका थिए।
यसअघि सोही समूहका चार जनालाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा इलामको माइजोकमाई गाउँपाकिला–६ का २४ वर्षीय धराने भनिने नितेश तामाङ, रौतहटको चन्द्रनिगाहापुर–२ का २३ वर्षीय मुन्द्रे भनिने अजय वाइवा तामाङ, काभ्रको चौरीदेउराली गाउँपालिका–३ का २३ वर्षीय बाहुन भनिने रुपेश चौलागाईं र मकवानपुरको शिखरपानी गाउँपालिका–८ का ३० वर्षीय जिग्री भनिने भिमराज थिङ छन्।
यो समूहले राजधानीमा लुटपाटको आतंक मच्चाएको थियो। उनको खुट्टामा गोली हानेर प्रहरीले पक्राउ हो। काकालाई उपचारका लागि ट्रमा सेन्टर लगिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।