काठमाडौं– साफ यू–१५ गल्स च्याम्पियनसिपअन्तर्गत नेपालले आइतबार आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। खेल नेपाली समय अनुसार दिउँसो २ः१५ बजे ढाकास्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्ताफा कमल स्टेडियम हुनेछ ।
नेपालकी प्रशिक्षक गंगा गुरुङले नेपाली टिमको डिफेन्स बलियो भएको तथा अभ्यास राम्रो गरेकाले फाइनल पुग्ने दाबी गरेकी छिन्। नेपालकी कप्तान प्रिती राईले खेलाडीबिच राम्रो समन्वय रहेको र एकअर्काको खेल्ने तरिका बुझेकाले सहज जित बताएकी छिन्।
नेपालले पुस ४ मा भारत र पुस ६ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ। सिंगल राउन्ड रोविन लिगका आधारमा हुने प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, भुटान र भारत समावेश छन्।
नेपाली टिम- करिना दाहाल, बितिशा राजवंशी, पुष्पा गुरुङ, सरिस्मा थापा, मनमाया विक, खुस्मा राई, सुरक्षा सिंह, रोशनी धिमाल, सरस्वती हमाल, प्रिति राई, अस्मिता चौधरी, सुस्मा तामाङ, मुना मगर, निकिता थोकर, सविता रानामगर, सुस्मा जिटी, अन्जली चन्द, अस्मिता दर्जी, अस्मिता गुरुङ, निकिता धमाल, सुप्रिया राजक, रिया बानु, झरना नगरकोटी।
प्रमुख प्रशिक्षक - गंगा गुरुङ
प्रशिक्षक- पारस चौधरी
गोलकिपर प्रशिक्षक - विनोद डंगोल
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।